Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अवैध रुपमा अमेरिका पुगेका नागरिक फिर्ता ल्याउन कोलम्बिया सहमत

अवैध रुपमा अमेरिका पुगेका नागरिक फिर्ता ल्याउन कोलम्बिया सहमत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १४, २०८१ सोमवार • ०४:५४:२६ बजे
  • 892
    SHARES
  • अवैध रुपमा अमेरिका पुगेका नागरिक फिर्ता ल्याउन कोलम्बिया सहमत

    अमेरिकाबाट निकालिएका अवैध आप्रवासीहरुलाई फिर्ता ल्याउन कोलम्बिया सरकार तयार भएको छ । यसअघि अमेरिकाबाट अवैध आप्रवासीलाई चढाएर पठाइएका दुई वटा हवाईजहाजलाई कोलम्बियाले अवतरण गर्न अनुमति दिएको थिएन ।

    images

    त्यसपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरुमा २५ प्रतिशत र पछि ५० प्रतिशत कर बढाउने तथा प्रतिबन्ध पनि लगाउने धम्की दिएपछि अवैध रुपमा अमेरिका पुगेका आफ्ना नागरिकलाई फिर्ता ल्याउन कोलम्बिया तयार भएको हो ।

    ट्रम्पको धम्कीपछि आप्रवासीहरुलाई ल्याउन अमेरिकी देश होन्डुरसमा हवाईजहाज पठाउन कोलम्बिया तयार भएको बीबीसीले जनाएको छ । ट्रम्पको धम्कीपछि कोलम्बियाका राष्ट्रपति गुस्ताबो पेट्रोले सामाजिक सञ्जालमा अमेरिकाले प्रवासीहरुलाई सम्मानजनक व्यवहार नगरेको आरोप लगाएका थिए । साथै अमेरिकी बस्तुमा २५ प्रतिशत कर बढाउने घोषणा पनि उनले गरेका थिए । तर पछि कोलम्बिया आफ्नो निर्णयबाट पछि हटेको हो । राष्ट्रपति बनेदेखि नै ट्रम्प आप्रवासीका मुद्दामा कठोर बन्दै आएका छन् ।

    उनले अवैध आप्रवासी फिर्ता अभियान सुरु गरिसकेका छन् । अवैध रुपमा अमेरिका घुस्ने र फिर्ता हुनेमा कोलम्बिया पाँचौं स्थानमा छ । कोलम्बियाभन्दा अगाडि ग्वाटेमाला, होन्डुरस, मेक्सिको र एलसाल्भाडोर छन् । केही नेपालीहरु पनि अवैध तरिकाले यिनै देश हुँदै अमेरिका पुग्ने गरेको पाइएको छ । उनीहरु मेक्सिकोको सिमानाबाट अमेरिका घुस्ने गरेका छन् । केही वर्षयता कोलम्बियाका एक लाख २७ हजार भन्दा बढी नागरिक अमेरिकामा अवैध रुपमा घुसेको आरोपमा पक्राउ परेका छन् ।

    त्यस्ता अवैध आप्रवासीहरुलाई अमेरिकाले उनीहरुकै देश फिर्ता पठाइरहेको छ । आप्रवासी मुद्दालाई लिएर कोलम्बियालाई प्रतिबन्ध लगाउने निर्णयबाट व्यापार घाटा कम गर्ने अमेरिकाको योजनामा असर पर्न सक्ने अनुमान छ । हाल कोलम्बियासँग अमेरिकाको व्यापार घाटा १.४ बिलियन डलर रहेको अनुमान छ ।

    कोलम्बियाले दैनिक दुई लाख ब्यारेल कच्चा तेल अमेरिका पठाउने गर्दछ । अमेरिकाले कोलम्बियाबाट सुन, कोइला, कफी र ताजा फलफूल पनि आयात गर्दछ ।

  • सम्बन्धित विषय:

  • # कोलम्बिया सहमत
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology