कुवेत – नेपाल तामाङ घेदुङ कुवेतले चितवन रत्न नगर ७ का मृगौला पीडित सिंह लामा तामाङलाई १ लाख ९० हजार १२ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
नेपाल तामाङ घेदुङ कुवेतद्वारा आयोजित मञ्जुश्री संवत २८६१ डुल ल्हो सा पुख्री सर्प वर्ग सोनामल्होछार तथा बृहत सांस्कृतिक कार्यक्रममा उपस्थित दर्शकहरुबाट आर्थिक सहयोग प्राप्त भएको हो ।उक्त कार्यको पहल गायक तथा समाजसेवी डीबी लोप्चनले गरेका थिए । घेदुङ कुवेतको उक्त कार्यक्रम र घेदुङ कुवेतका केही पदाधिकारिहरुबाट थपेर सहयोग संकलन गरी १ लाख ९० हजार १२रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
सिंह लामाको आर्थिक अवस्था धेरै नाजुक रहेको रत्न नगर ७ का वडा सदस्य मार्फत मार्फत जानकारी प्राप्त भएको छ। उक्त आर्थिक सहयोग सिंह तामांगलाई वडा सदस्यहरु सुर्यलाल तामाङ र कुलप्रसाद आचार्य र टोल सुधार समितिका अध्यक्ष सोम बहादुर लोप्चनको रोहबरमा रकम हस्तान्तरण गरिएको हो ।
नेपाल तामाङ घेदुङ कुवेतका सदस्य, गायक तथा समाजसेवी डीबी लोप्चनले सम्पूर्ण सहयोगी रसहयोग संकलनमा योगदान दिनुहुने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।