Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तमू समाज कुवेतले आगामी मे २३ मा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै

तमू समाज कुवेतले आगामी मे २३ मा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २५, २०८१ आइतवार • ०६:५४:०७ बजे
  • 2.1K
    SHARES
  • तमू समाज कुवेतले आगामी मे २३ मा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै

    कुवेत सिटी  – "रक्तदान जीवन दान" भन्ने नारा सहित तमू समाज कुवेतले ९ औं बृहत रक्तदान कार्यक्रम आगामी मे २३ तारिख २०२५ मा जाब्रियाको सेन्ट्रल ब्लड बैंकमा आयोजना गरिने समाजका अध्यक्ष रन्जाना गुरुङले जानकारी दिनु भएको छ ।

    images

    तमू समाज कुवेतले सन २०१३ सालदेखी कुवेत नगरीमा वार्षिक सामुहिक खुल्ला रक्तदान कार्यक्रम संचालन गर्दै आएको छ । तमू समाज कुवेतले यो ९ औं पटक बृहत रक्तदान कार्यक्रम संचालन गर्न लागेको हो । समाजले उपचारमा रगत आवश्यकता परेका धेरै बिरामीलाई कुबेतमा रगत उपलब्ध गराउदै आएको छ। 
     
    समाजको यस विशेष अवसरमा आयोजना हुने पवित्र कार्य (रक्तदान कार्यक्रम) मा स्वतः स्फूर्त सहभागिताका लागि  कुवेतमा  क्रियाशील नेपाली संघ सस्थाका प्रतिनिधि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी लगायत कुवेतमा कार्यरत सम्पूर्ण नेपालीहरु लाई तमू समाज कुवेतले अनुरोध गरेको छ।  

    रक्तदान कार्यक्रमको मिति,समय र स्थान निम्न रहेको छ ।

    मिति : शुक्रबार, २३ मे २०२५  
समय : दिनको ठिक १:०० बजे
    स्थान : सैन्ट्रल ब्लड बैंक जाब्रिया कुवेत

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology