Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

लखन थापा साँस्कृतिक संग्राहलय निर्माणका लागि मगर संघ कुवेतद्वारा २ लाख ५१ हजार आर्थिक सहयोग

लखन थापा साँस्कृतिक संग्राहलय निर्माणका लागि मगर संघ कुवेतद्वारा २ लाख ५१ हजार आर्थिक सहयोग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ६, २०८१ बिहिवार • ०५:३६:५२ बजे
  • 2.4K
    SHARES
  • लखन थापा साँस्कृतिक संग्राहलय निर्माणका लागि मगर संघ कुवेतद्वारा २ लाख ५१ हजार आर्थिक सहयोग

    नेपाल मगर संघ शाखा कुवेतले मगर संघ नेपालको केन्द्रीय समितिद्वारा नेपालमा निर्माण गर्न गईरहेको "शहिद लखन थापा मगर साँस्कृतिक संग्राहलय" को निम्ति नेरु २ लाख ५१ हजार आर्थिक सहयोग गरेको छ।

    images

    गत डिसेम्बर २०२४ मा अध्यक्ष जय आले मगरको अध्यक्षतामा बसेको संघको १५२औं मासिक बैठकले संग्राहलय निर्माणको लागि केन्द्रीय  समितिद्वारा पेश गरिएका परिपत्रहरुका आधारमा तत्कालै द्वितीय  उपाध्यक्ष केदार आले मगरलाई रकम संकलन कुवेत संयोजकको जिम्मेवारी सुम्पदै रकम संकलन अभियान शुरु गरेको थियो भने १९ मार्च २०२५ मा नेपाल मगर संघको केन्द्रीय कार्यालय "मगर मुलघर" काठमाण्डौ नेपालमा स्वयं उपस्थित भई सो रकम द्वितीय  उपाध्यक्ष केदार आले मगरद्वारा केन्द्रिय समितिलाई हस्तान्तरण गरेको मगर संघ कुवेतले जानकारी दिएको छ।

    मगर संघ कुवेतले रकम संकलन अभियान अनिश्चित कालसम्म निरन्तर रहने जनाउँदै सहयोग गर्न ईच्छुक मगर दाजुभाई तथा दिदीबहिनीहरुलाई संयोजक केदार आले मगर, अध्यक्ष जय आले मगर, संरक्षक मनु भुजेल मगर या मगर संघ कुवेतका कुनै पनि पदाधिकारीहरुलाई सम्पर्क गर्न अनुरोध समेत गरेको छ।

    प्रथम सहिद लखन थापा मगर साँस्कृतिक संग्राहलयमा मगर जातिको साँस्कृतिक पहिचान, भेषभुषा, परिकार र सिङ्गो मगर समुदायको ईतिहासलाई समेटेर निर्माण गरिने नेपाल मगर संघको केन्द्रीय समितिले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology