कुवेत - नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रबन्धक निर्देशक कुलमान घिसिङ बर्खास्तिको तामाङ घेदुङ कुवेतले विरोध गरेको छ ।
तामाङ घेदुङ कुवेतले एक प्रेस विज्ञप्ति जारी गर्दै कुलमानको कार्यकाल सकिनु अगावै गरिएको अपमानजनक बर्खास्तिको विरोध गरेको हो । कुलमान हटाउन विचौलिया र दलालहरूको स्वार्थमा गरिएको सरकारको निर्णय बदनियतपूर्ण र आपत्तिजनक रहेको विज्ञप्तिमा भनिएको छ ।
यो निर्णयले इमान र निष्ठाका साथ काम गर्ने समस्त कुशल प्रशासकमाथिको मनोवैज्ञानिक त्रास श्रृजना गर्ने उद्देश्यले गरिएको छ । यस निर्णयको गहिरो खेद प्रकट गर्दै यस प्रकारको अन्यायपूर्ण र अपमानजनक निर्णय तत्काल फिर्ता लिन नेपाल तामाङ घेदुङ कुवेतले जोडदार माग गरेको छ ।
