Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एनआरएनए एनसीसी कुवेतद्वारा सामाजिक संजालको दुरुपयोगप्रति खण्डन

एनआरएनए एनसीसी कुवेतद्वारा सामाजिक संजालको दुरुपयोगप्रति खण्डन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १२, २०८१ बुधवार • २१:३८:५६ बजे
  • 2.5K
    SHARES
  • एनआरएनए एनसीसी कुवेतद्वारा सामाजिक संजालको दुरुपयोगप्रति खण्डन

    कुवेत - गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए-एनसीसी) कुवेतले हालै सामाजिक सञ्जालमा भइरहेको भ्रामक प्रचारबाजी र संघको लोगोको दुरुपयोगप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    images

    संस्थाले एक प्रेस विज्ञप्ति जारी गर्दै केही व्यक्तिहरूले सामाजिक सञ्जालको दुरुपयोग गर्दै आफूलाई एनआरएनए-एनसीसी कुवेतको पदाधिकारी भएको झुटो दाबी गरिरहेको जानकारी गराएको छ । उक्त विषयमा स्पष्ट पार्दै एनआरएनए-एनसीसी कुवेतले २९ जुलाई २०२३ मा कुवेत सिटीस्थित INN AND GO Plaza Hotel मा सम्पन्न अधिवेशनबाट रण ध्वज लामा नेतृत्वको कार्यसमिति विधिवत रूपमा चयन भइसकेको जनाएको छ।
    विज्ञप्तिमा संस्थाले एनआरएनए-एनसीसी कुवेतसँग सम्बन्धित कुनै पनि भ्रम नफैलाउन अनुरोध गरेको छ। साथै, संघ संस्थाका नाममा गलत सूचनाहरू फैल्याएर समाजलाई झुक्याउने कार्य नगर्न सबैलाई सचेत गराइएको छ ।

    एनआरएनए-एनसीसी कुवेतले सामाजिक सञ्जालमा संघको नाम दुरुपयोग गरी फेसबुक पेज सञ्चालन गर्ने तथा अनधिकृत समूहहरूद्वारा गलत सूचना फैल्याउने कार्यको घोर भर्त्सना गर्दै त्यस्ता गतिविधि तत्काल बन्द गर्न चेतावनी दिएको छ । साथै, नेपाली समुदायलाई मेलमिलाप, भाइचाराको सम्बन्ध मजबुत बनाउन आग्रह गर्दै कुनै पनि भ्रामक सूचनाको पछि नलाग्न अनुरोध गरिएको छ।

    5AF04C80-F649-4366-BDEF-183BBDB5800C.jpeg

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology