कुवेत - कल्याणकारी नेपाली युवा समाज कुवेतको चौथो अधिबेशन सम्पन्न भएको छ । समाजको नेतृत्वमा पुन: सुवास श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन ।
फर्वानिया स्थित सेफ नौशाद सिग्नेचर रेष्टुरेण्टको सभा हलमा शुक्रवार अध्यक्ष सुबास श्रेष्ठको अध्यक्षता तथा नेपाली राजदूतावास कुवेतका राजदूत घनश्याम लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । त्यस्तै गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतका अध्यक्ष रणध्वज लामा, नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष एकराज मल्ल, आईसिसी सदस्य हरी लावती, एनआरएनए कुवेतका वरिष्ठ उपाध्यक्ष होमनाथ गिरी लगायत समाजसेवी, पत्रकार, कलाकार, खेलाडी, विभिन्न संघ सस्थका प्रतिनिधि, राजनितिक भातृ संगठनका प्रमुख र कुवेतमा कार्यरत नेपाली दाजुभाई तथा दिदिबहिनीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
रोशन राईको संचालन रहेको कार्यक्रममा कार्यक्रम संयोजक तथा संरक्षक निरज सिंह ठकुरीले स्वागत मन्तव्य राखेका थिए। ‘हाम्रो एकता समाज सेवामा प्रतिबद्धता’ भन्ने मूल नाराका साथ सन २०१७ मा स्थापना भएको थियो । अधिवेशन बाट निर्वाचित कार्यसमितिहरुको नामवाली निर्वाचन प्रमुख हरी लावतीले घोषणा गरेका थिए।
समाजको वरिष्ठ उपाध्यक्षमा मदन पनेरु, उपाध्यक्ष आङ नोर्बु शेर्पा, कर्मा लामा, चित्र छन्त्याल, ईश्वर श्रेष्ठ र महिला उपाध्यक्षमा अन्जु गिरी निर्वाचित भएका छन । त्यस्तै
महासचिवमा निरज क्षेत्री, उपमहासचिव दिपेश बोहरा, सचिव सुरज तिवारी, सहसचिव विकास पराजुली, कोषाध्यक्ष विष्णु गिरी, सह कोषाध्यक्ष अनिश गिरी, युवा संयोजक राजन तामाङ, सह युवा संयोजक योगेश राई, महिला संयोजक पूजा भट्टराई, महिला सह संयोजक शान्तिदेवी पुलामी मगर, खेलकुद विभाग प्रमुख निर्मल क्षेत्री र सांस्कृतिक विभाग प्रमुख बम बहादुर केसी सर्वसम्मत निर्वाचित भएका छन ।