कुवेत - तनहुँ सेवा समाज कुवेतले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । सस्थाका सकृय सदस्य बसन्त बहादुर थापाको दुःखद निधनप्रति दुःख व्यक्त गर्दै डाम्पा रेष्टुरेण्टको सभाहलमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो ।
कुवेतमा विगत १५ वर्षदेखि कार्यरत रहेका लालिगुरास म्याग्दे गाउँपालिका - ५ , तनहुँका ४७ वर्षीय थापाको फर्वानिया अस्पतालमा उपचारको क्रममा अप्रिल ३ तारिख निधन भएको थियो । मृतक थापा शुडिस कम्पनीमा कार्यरत थिए ।
समाजले मृतक थापाको परिवारलाई १ लाख ६ हजार रुपैयाँ राहत रकम हस्तान्तरण गरिएको संरक्षक राजेन्द्र रसाईली बिरहीले जानकारी दिए । मृतक थापाको शव नेपाल पठाई सकिएको छ ।
