कुवेत - नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले १६औँ स्थापना दिवस अवसरमा “श्रमिक सचेतना कार्यक्रम” आयोजना गर्ने भएको छ ।
शाखाका अध्यक्ष एकराज मल्लको अध्यक्षतामा बसेको बैठकले १६औँ स्थापना दिवस श्रमिक सचेतना कार्यक्रमसहित आगामी जुन २७, २०२५ गरिने निर्णय गरेको हो । सोही अवसरमा माधव शाही स्मृति प्रवासी परोपकारी पत्रकारिता पुरस्कार समेत प्रदान गरिने छ।
यसअघि १५औँ स्थापना दिवसका अवसरमा शाखाले “विदेश विमर्श” शीर्षकमा अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको थियो। कुवेतमा रहेका नेपाली श्रमिक समुदायलाई लक्षित गर्दै श्रमिक सचेतना कार्यक्रम मार्फत जानकारीमूलक सन्देश प्रवाह गरिने जनाइएको छ । कार्यक्रम स्थल छिट्टै सार्वजनिक गरिनेछ । तर्सथ उक्त दिनमा कार्यक्रम नजुधाइ सम्पूर्ण नेपाली समुदाय, संघसंस्था र अभियन्ताहरूलाई सहयोग गर्न नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले हार्दिक अनुरोध गरेको छ ।
कार्यक्रम विवरण :
कार्यक्रम: १६औँ स्थापना दिवस तथा श्रमिक सचेतना कार्यक्रम
मिति: २७ जुन २०२५, शुक्रबार
स्थान: छिट्टै जानकारी गराइनेछ
आयोजक: नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेत