Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मोना कुवेतको अधिवेशनको तयारी पूरा

मोना कुवेतको अधिवेशनको तयारी पूरा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १३, २०८२ सोमवार • १५:१३:५५ बजे
  • 1.2K
    SHARES
  • मोना कुवेतको अधिवेशनको तयारी पूरा

    कुवेत - म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतको चौथो अधिवेशन समारोहको सम्पूर्ण तयारी पूरा भएको छ ।

    images

    म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले चौथो अधिवेशन समारोह यही मे ३०, २०२५ शुक्रवारको दिन मङ्गाफस्थित डिलाईट्स हलमा आयोजना गर्न लागिएको कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको महासचिब बिमल पुनले जानकारी दिएका छन ।

    'प्रवासी म्याग्देलीहरुको भावना समृद्ध म्याग्दी हाम्रो चाहना' भन्ने मुल नाराका साथ म्याग्दी जिल्लाबाट रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत म्याग्देलीहरुको साझा सस्था मोना कुवेतको स्थापना सन् २०१८ मा भएको थियो । मोना कुवेतले गृह जिल्ला र प्रवासमा समेत उल्लेखनीय मानवीय सेवाका कार्यहरु गर्नुको साथै कुवेतमा रहेका विभिन्न संघ संस्था संग हातेमालो गर्दै आएको छ ।

    कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ संस्थाका प्रतिनिधि, पत्रकार, कलाकार, खेलाडी एवं बुद्धिजिविहरुलाई अधिवेशन समारोहमा उपस्थितिका  लागि निमन्त्रणा गरिसकिएको जनाएको छ । यदी कुनै कारणवश निमन्त्रणा प्राप्त नभएको भए यसै समाचारलाई आधार मानी  कार्यक्रममा उपस्थितिको लागि आयोजकले अनुरोध गरेको छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology