कुवेत - म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतको चौथो अधिवेशन सम्पन्न भएको छ । नेतृत्वमा पुन: दिपक छन्त्याल सर्वसम्मत निर्वाचित भएका छन ।
म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले चौथो अधिवेशन ३० मे २०२५ शुक्रवार मङ्गाफस्थित डिलाईट्स हलमा सम्पन्न भएको हो ।
समाजका अध्यक्ष दिपक छन्त्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली राजदूतावास कुवेतका प्रथम सचिव सुजन बिडारीको प्रमुख आतिथ्यता रहेको थियो भने पत्रकार महासंघ कुवेतका अध्यक्ष एकराज मल्ल, नेपाल मगर संघ शाखा कुवेतका अध्यक्ष जय आले मगर, लगायत कुवेतमा क्रियाशिल विभिन्न संघ-संस्थाका पदाधिकारीहरू, पत्रकार को उपस्थिति रहेको थियो । समाजका महासचिब बिमल पुन मगरले संचालन गरेको कार्यक्रममा राष्ट्रिय गान पश्चात सभापति, प्रमुख अतिथि, विशेष अतिथि द्वारा सयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरिएको कार्यक्रममा संस्थाको उपाध्यक्ष बाबुराम गौतमले स्वागत मन्तव्य राखेका थिए ।
परदेशमा रहेर पनि कार्यव्यस्तताको बाबजुद नेपाली श्रमिकका हरेक दुख सुखमा साथ, सहयोग र जिल्लामा समेत मानवीय सेवाका कार्यमा सहयोग गरेको भन्दै शुभकामना दिने वक्ताले प्रशंसा गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि प्रथम सचिव सुजन बिडारीलाई दोसल्ला ओढाएर मायाको चिनोले सम्मान गरिएको थियो । कार्यक्रमलाई थप आकर्षक पार्न समाजका कलाकारहरुबाट सामूहिक गायन, नृत्य प्रस्तुति दिएका थिए ।
चौथो अधिबेश अधिवेशनबाट निर्वाचित भएको नयाँ कार्यसमिती यस प्रकार रहेको छ। मोना कुवेतको २०२५ ~ २०७ को कार्यसमिति :
१, दिपक छ्न्त्याल (अध्यक्ष)
२, निर्मला पुन (बरिष्ठ उपाध्यक्ष)
३, गंगाधर गौतम (प्रथम उपाध्यक्ष)
४, बिमल पुन (दिर्तिय उपाध्यक्ष)
५, चुन बहादुर रोका (तिर्तिय उपाध्य्क्ष)
६, गौ देबि फगामी (महिला उपाध्यक्ष)
७, सुबास साप्कोता (महासचिप)
८, चोकेन पुन मगर (सचिव )
९, राजेश रोका (सह-सचिव)
१०, कबिता सुनार (उप -सचिव)
११, सबिन खत्री (प्रबक्ता )
१२, तार्जुन पुन ( कोषाध्यक्ष)
१३, चिबिन घर्ती (सह कोषाध्यक्ष)
१४, बलराज घर्ती छ्न्त्याल (युबा संयोजक )
१५, मान बहादुर सुनार (भलिबल म्यानेजर )
सदस्यहरु:
१६, सीता देबि खद्का
१७, गोकुल बुदाथोकी
१८, पारस फगामी
१९, श्याम लाल परियार
२०, राम बहादुर बिक
२१, गिता सुनार
२२, तुल बहादुर खत्री
२३, अेामकार पुन
२४, सुर्य पतेल
२५, मीन बहादुर घर्ति मगर
नयाँ थप सदस्यहरु:
याम बहादुर पुन
जगेन्द्र बुढाथोकी
पदम पुन
नर बहादुर बि.क.
सुशील परियार
सल्लाहकार समिती:-
१, मान बहादुर फगामी (प्रमुख संरक्षक ) मालिका ५ मगर दाङ
२, नन्द बरुवाल (संरक्षक ) अन्नपुर्न ६ घारा
३, तेजिन्द्र श्रेष्ठ (प्रमुख सल्लाहकार) बेनपा ४ पुलाचौर
४, चन्द्र गोतामे (सल्लाहकार )मंगला ४ बङ्जा
५, मन देबि गुरुङ (सल्लाहकार) धौलागेरी ६
'प्रवासी म्याग्देलीहरुको भावना समृद्ध म्याग्दी हाम्रो चाहना' भन्ने मुल नाराका साथ म्याग्दी जिल्लाबाट रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत म्याग्देलीहरुको साझा सस्था मोना कुवेतको स्थापना सन् २०१८ मा भएको थियो । मोना कुवेतले गृह जिल्ला र प्रवासमा समेत उल्लेखनीय मानवीय सेवाका कार्यहरु गर्नुको साथै कुवेतमा रहेका विभिन्न संघ संस्था संग हातेमालो गर्दै आएको छ ।