कुवेत - संखुवासभा समाज कुवेतले प्रथम वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम गरी मनाउने भएको छ ।
“अनेकतामा एकता संखुवासभा जिल्लाको चौतर्फी विकाशमा हाम्रो सहभागीता” भन्ने मुल नारा बोकेर २६ अप्रिल २०२४ मा स्थापना भएको सस्थाले प्रथम वार्षिकोत्सव कुवेतस्थित द्वाहही प्यालेस रेष्टुरेन्टको सभाहलमा १५ अगष्ट २०२५ शुक्रवारको दिन मनाईने अध्यक्ष विजय लामाले जानकारी दिए ।
संखुवासभा जिल्ला घर भई कुवेतलाई कर्मथलो बनाएर विभिन्न पेशा तथा व्यवसायमा आबद्ध सखुवासभालीहरुको एकता, दु:ख, सुखको चौतारी होस र प्रवासमा रहेर पनि आफ्नो गाउँ ठाउँको सामाजिक कार्यमा सरिक हुन सामुहिक रुपमा सहज होस भन्ने हेतुले सस्थाको स्थापना भएको थियो ।
स्थापान कालदेखी कुवेतमा रहेका बिभिन्न क्रियाशील नेपाली संघसंस्था सँग हातेमालो र सहकार्य गर्दै आएको छ। भने कुवेतको नेपाली समाजमा फुटबल खेलमा पनि समाज निकै सकृया रहेको र खेलमा सभागिता जनाउदै आएको छ ।