Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

झापाली समाज कुवेतको छैटौं अधिवेशन ११ जुलाईमा हुने

झापाली समाज कुवेतको छैटौं अधिवेशन ११ जुलाईमा हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ५, २०८२ बिहिवार • ०१:००:२३ बजे
  • 1.4K
    SHARES
  • झापाली समाज कुवेतको छैटौं अधिवेशन ११ जुलाईमा हुने

     

    images

    कुवेत - झापाली समाज कुवेतको छैटौं अधिवेशन आगामी ११ जुलाई २०२५ मा हुने भएको छ । 

    कुवेतमा रहेका झापालीहरुको साझा संगठन झापाली समाज कुवेतको ०६ जुन २०२५ शुक्रबारको दिन कुवेतको फर्वानिया स्थित समाजका अध्यक्ष लिला पाण्डेको अध्यक्षमा बसेको  कार्यसमितिको बैठकले उक्त दिन छैटौ अधिवेशन गर्ने निर्णय गरेको संरक्षक गोबिन्द प्रसाद तिम्सीनाले जानकारि दिएका छन । 

    “हाम्रो एकता बिकासको लागि” भन्ने मुल नाराका साथ २०१३ मा स्थापित झापाली समाज कुवेतले गृह जिल्ला तथा नेपालका बिभिन्न ठाउँहरुमा र कुवेतमा रहेका झापाली वा गैर झापालीहरुलाई सक्रियरुपमा दुखी पीडितलाई सहयोग र निरन्तर सामाजिक कार्य गर्दै आएको छ । 

    डिलाईट हल मंगाफ, ब्लक ४, रोड नं. ४०,  बिल्डिङ्ग नं. १९९  को सभाहलमा हुने अधिबेशनलाई भव्य र सभ्य रुपमा सफल बनाउनको लागि कुवेतमा कार्यरत झापाली, गैर झापाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थितिको लागि आयोजकले अनुरोध गरेको छ ।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology