Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाल आदिवासी जनजाति महासंघ कुवेतको पाँचौँ अधिवेशन १५ अगष्टमा हुने

नेपाल आदिवासी जनजाति महासंघ कुवेतको पाँचौँ अधिवेशन १५ अगष्टमा हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २५, २०८२ बुधवार • १७:५३:२० बजे
  • 2.8K
    SHARES
  • नेपाल आदिवासी जनजाति महासंघ कुवेतको पाँचौँ अधिवेशन १५ अगष्टमा हुने

    कुवेत -  नेपाल आदिवासी जनजाति महासंघ कुवेतको पाँचौँ अधिवेशन १५ अगष्ट २०२५ मा हुने भएको छ । 

    images

    विश्वभरि आदिवासी समुदायहरूको पहिचान, अधिकार र संस्कृतिको संरक्षण र प्रवर्द्धनको उद्देश्यले मनाइने ३१ औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ कुवेतको पाँचौँ अधिवेशन राजधानी प्यालेस होटल, खैतानमा हुने भएको हो । उक्त कार्यक्रम दिनको १ बजेबाट सुरु हुने आयोजकले बताएको छ । 

    “संस्कृति र परम्परामा गर्व गरौं, आदिवासी समुदायको संरक्षण गरौं” भन्ने नारासहित सन २०१४ मा कुवेत नगरीमा नेपाल आदिवासी जनजाति महासंघ कुवेतको स्थापना भएको थियो ।  कार्यक्रममा आदिवासी समुदायको भाषा, भेषभूषा, कला र पहिचान झल्काउने सांस्कृतिक प्रस्तुति, विविध गतिविधिहरू, तथा अधिवेशन सत्र सञ्चालन गरिने छ भने सोही अवसरमा नयाँ नेतृत्व चयन गर्दै महासंघको आगामी कार्यकालको दिशानिर्देशन तय गरिनेछ। साथै आयोजकले उक्त दिन अन्य संघ-संस्थाहरूलाई कार्यक्रम नजुधाइ दिन अपिल गर्दै सबैमा सक्रिय सहभागिताको आह्वान गरेको छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology