Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

झगडा छुटाउन गएका दाइको हत्या

झगडा छुटाउन गएका दाइको हत्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १०, २०८२ शुक्रवार • ०६:५१:५१ बजे
  • 376
    SHARES
  • झगडा छुटाउन गएका दाइको हत्या

    सिराहामा भाइ–बुहारीको झगडा छुट्याउन गएका दाजुको खुकुरी प्रहार गरि हत्या भएको छ ।

    images

    गोलबजार नगरपालिका–३ स्थित मुसहर्नियाँमा २५ वर्षीय श्याम सदाले खुकुरी हानेर ३५ वर्षीय दाइ मोतीराम सदाको हत्या गरेका हुन् । इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोविन्दप्रसाद साहका अनुसार बिहीबार राति ९ बजेतिर श्याम र उनकी श्रीमती कौशल्या सदाबीच घरायसी विवाद भइरहेको थियो ।

    विवाद छुट्टाउन गएका दाइ मोतीरामलाई भाइ श्यामले खुकुरी प्रहार गरेका थिए । छातीमा गम्भीर चोट लागेका मोतीरामलाई उपचारका लागि अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेको उनले जानकारी दिए । शव परीक्षणका लागि अस्पतालमा राखिएको छ ।

    आरोपी श्यामलााई पक्राउ गरि प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # दाइको हत्या
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology