कुवेत - गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको नवौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ ।
कुवेतको साल्मिया स्थित होटल सिम्फोनीको सभाहलमा ३० जुलाइ २०२५ का दिन साँझ केन्द्रीय अध्यक्ष बद्री के.सी. को प्रमुख आतिथ्यतामा (अनलाइनमार्फत) सम्पन्न भएको अधिवेशनले सन २०२५-२०२७ कार्यकालको लागि बिकास बहादुर सिंहको अध्यक्षतामा ४३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
त्यसैगरी कार्यसमितिको वरिष्ठ उपाध्यक्ष निरन्जन सिंह ठकुरी, उपाध्यक्षहरु मनिष के.सी., छेनामा लामा, रविन काफ्ले, महिला उपाध्यक्ष सजिना गुरूङ, महासचिव रोशन राइ, सचिवहरु सुरेन्द्र लिम्बु, सञ्जय गिरी, इन्द्र देव शर्मा, कोषाध्यक्ष उमेश राइ, सह-कोषाध्यक्ष विष्णु भट्टराइ, युवा संयोजक रामचन्द्र कार्की, सह-युवा संयाेजक जिवन केरूङ, महिला संयोजक नविना तिमल्सिना, सह-महिला संयोजक लक्ष्मी ठोकरा रहेका छन भने सदस्यहरुमा निरज भट्ट, उज्वल राउत, निरज सहनी, प्रकाश गिरी, मनोज अधिकारी, कृष्ण पुन मगर, सन्तोषी राइ, लक्ष्मी जि.सी., युवराज विश्वकर्मा, प्रकाश विश्वकर्मा, इश्वर श्रेष्ठ, पाल्साङ मोक्तान, निर्मला क्षेत्री, केशब भण्डारी, समीर जङ्ग शाही, महेश चन्द्र जोशी
महेश्वर तिवारी, सञ्जय बरियार, मिश्र मल्ल, अम्बिका देवी खड्का, रेखा उप्रेती, आयुष गाैतम, सुर्य थापा, हेम कुमार मोक्तान, विजय गुरूङ, राम बहादुर तामाङ र दावा नाम्ग्याल लामा छन ।
उक्त महाधिवेशनमा विश्वका विभिन्न देशमा रहेका आइसीसीका विभिन्न पदाधिकारीहरू, कुवेतको नेपाली समाजका संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरू, पत्रकारहरू, समाजसेवी वुद्धिजीवीहरूको आतिथ्यता रहेको थियो ।
महाधिवेशनमा प्रमुख अतिथि, जन सम्पर्क समिति कुवेतका सभापती केशर घलान, प्रवासी नेपाली मंच कुवेका सचिव शङ्कर पौडेल, जन प्रगतिशील मंच कुवेतका कार्यवाहक अध्यक्ष जीवन सुनार, अन्तर्राष्ट्रिय नेपाली स्म्माजका अध्यक्ष जयनारायण थारु, प्रवासी एकता मंचका अध्यक्ष युवराज गैरे, रास्वपा प्रवास बिभाग कुवेतका सभापति ईश्वर भण्डारी, पत्रकार महासंघ कुवेतका अध्यक्ष राज मल्ल, आदिवासी जनजाति महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ लगायतका वक्ताहरुले शुभकामना मन्तव्य दिएका थिए भने उनीहरूले महाधिवेशनको भव्य सफलता एवं निर्वाचित हुने कार्यसमितिलाइ हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।