Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कुवेतमा नि:शुल्क स्वास्थ्य शिविर, ३५० भन्दा बढी लाभान्वित

कुवेतमा नि:शुल्क स्वास्थ्य शिविर, ३५० भन्दा बढी लाभान्वित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १७, २०८२ शुक्रवार • २२:२१:५० बजे
  • 1.7K
    SHARES
  • कुवेतमा नि:शुल्क स्वास्थ्य शिविर, ३५० भन्दा बढी लाभान्वित

     

    images

    कुवेतको फाहहीलस्थित मेट्रो मेडिकल   क्लिनिक परिसरमा आयोजित एक दिने  निःशुल्क स्वास्थ्य शिविरमा ३५० भन्दा बढी नेपालीहरु लाभान्वित भएका छन्। 

    नेपाली राजदूतावास, कुवेतले मेट्रो मेडिकल ग्रुपको सहकार्यमा १ अगस्त २०२५ का दिन वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा  रहेका नेपालीहरूका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । स्वास्थ्य जाँच गर्न आएका सेवाग्राहीहरूको लागि निःशुल्क रूपमा प्रारम्भिक र विशेषज्ञद्वारा स्वास्थ्य परिक्षण गर्नुका साथै सुगर, कोलस्ट्रोल तथा ब्लड प्रेसरको जाँच पनि निःशुल्क गरिएको थियो ।

    D13DC1E0-6D60-4680-A6E1-4DE54045B2BE.jpeg

    कुवेतका लागि नेपाली राजदूत महामहिम घनश्याम लम्सालले शिविरको महत्वबारे प्रकाश पार्दै, दूतावासको आह्वानलाई स्वीकार गरी शिविरमा उत्साहपूर्वक उपस्थित भएकोमा स्वास्थ्य परिक्षणमा सहभागी साथै कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न चिकित्सकहरूको सेवा निःशुल्क उपलब्ध गराउने स्थानीय Metro Medical Group, Kuwait का CEO Mr. Musthafa Hamza, General Manager Mr. Faisal Hamza, सेवा प्रदान गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरू, स्वास्थ्य शिविरको व्यवस्थापनमा अति महत्वपूर्ण सहयोग गर्नुहुने गैर आवासीय नेपाली संघ कुवेतका पदाधिकारीहरू, पत्रकार महासंघ कुवेत शाखाका पदाधिकारीहरू लगायत सो अवसरमा विशेष योगदान पुर्याउने सबै संस्था तथा महानुभावहरुलाई धन्यवाद प्रकट गर्दै भविष्यमा अन्य स्थानहरूमा  पनि यस प्रकारका कार्यक्रमहरू सञ्चालन गरिने बताए । 

    44F4BE9E-6C2E-44B9-9130-57ED648DADD4.jpeg

    उक्त स्वास्थ्य शिविरका लागि अनलाइन मार्फत अग्रिम रुपमा समय बुक गरिएको हुनाले बिना भिडभाड सहज र व्यवस्थित रूपमा   सेवाग्राहीको स्वास्थ्य जाँच गरिएको थियो । 
    कार्यक्रम सम्पन्न भएको थियो। सो अवसरमा अस्पतालका उच्च पदस्थ कर्मचारीहरू र राजदूतावासका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology