कुवेत - गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतको महेश पक्षधरको नवौं एकताकोमहाधिवेशन हुने भएको छ ।कुवेतस्थित राजधानी प्यालेस होटलमा यही ४ अगस्त २०२५ का दिन साझ ५ बजेदेखि एकताको अधिवेशन हुने आयोजकले जनाएको छ ।
एनआरएनए केन्द्र नै फुटेर दुई धार भैरहेको अवस्थामा कुवेतमा पनि एनआरएनए दुई धारमा बगिरहेको छ । गत ३० जुलाइमा बद्री केसि समुहको अधिबेशन कुवेतको साल्मियास्थित होटल सिम्फोनिमा सम्पन्न भएको थियो । केसी समुहको अध्यक्षको जिम्मेवारी बिकास बहादुर सिंहले पाएका छन । अब हुने एकताको महाअधिवेशन एनआरएनए महेश श्रेष्ठ समुहको हो । तर को संग एकता गर्न लागिएको त्यो भने प्रस्ट पारिएको छैन ।
केन्द्रको विवाद संगै कुवेतमा पनि एनआरएनए विभाजित भएको छ । तर पनि विभाजित भएका समुहलाई जोडेर जाने उदेश्यले यो एकताको महाधिवेशन गर्न लागिएको आयोजक कमिटिले जनाएको छ । हालका अध्यक्ष रणध्वोज लामाको अध्यक्षतामा हुन लागेको उक्त महाधिवेशनले कुवेतमा एकताकोसन्देश दिने आयोजक कमिटीको जिकिर छ ।
कार्यक्रमको तयारी लगभग पूरा भइसकेको आयोजक कमिटीले जनाएको छ । समाज नै विभाजित हुने किसिमले फुटेको एनआरएनए लाई सहि मार्ग निर्देशन गर्न सल्लाह सुझाव दिँदै सामाजिक एकताको पहलमा जुट्न सबै समाजका अग्रज, वुद्धिजिवि, एवं संघ संस्थाका प्रतिनिधिलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।