कुवेत – संखुवासभा समाज कुवेतको प्रथम वार्षिकोत्सवको अवसरमा एक विशेष कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको छ ।
'अनेकतामा एकता, संखुवासभा जिल्लाको पहिचान नै हाम्रो सान' भन्ने नाराका साथ कुवेतको नेपाली समाजमा गठन भएको समाजले एक वर्ष पूरा भएको अवसरमा १५ अगष्ट १५ २०२५ शुक्रवारको दिन फर्वानियास्थित द्वाइही प्यालेस रेष्टुरेन्टको सभाहलमा अध्यक्ष बिजय लामाको सभाध्यक्षतामा सम्पन्न भएको हो । त्यस्तै पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष एकराज मल्लको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा उपस्थित सबैलाई समाजको महिला उपाध्यक्ष रोसिका गुरुङले स्वागत मन्तव्यबाट स्वागत गरेकी थिइन भने कोषाध्यक्ष पूजा तमाङले समाजले एक सालमा गरेका वार्षिक गतीविधी प्रस्तुत गरेकी थिइन । समाजले एक वर्षको अवधिमा स्वदेश र प्रवासमा साढे दुई लाख भन्दा बढी आर्थिक तथा जिन्सी सहयोग गरेको छ ।
समाजले पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष एकराज मल्ललाई प्रवासमा रहेर पनि नेपाली पत्रकारितामा पुर्याएको योगदानको उच्च मुल्याङ्कन गर्दै मायाको चिनो सहित खादा र दोसल्ला ओढाएर सम्मान गरेको थियो । त्यस्तै समाजको खेलाडीहरु लाई पनि सम्मान पत्र सहित खादा ओढाएर सम्मान गरेको थियो । कार्यक्रम लाई थप आकर्षक बनाउन समाजका कलाकारहरु ले सामूहिक नृत्य तथा एकल नृत्य प्रस्तुत गरि उपस्थित सम्पूर्ण दर्शकलाई भरपुर मनोरञ्जन दिलाएका थिए ।