कुवेतमा विषाक्त मदिरा उत्पादन गर्ने दुई नेपालीसहित ६७ जना पक्राउ परेका छन ।
कुवेत प्रहरीले विषाक्त मदिरा उत्पादन गरी बिक्री बितरण गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको गृह मन्त्रालयले जनाएको छ । पक्राउ पर्नेमा दुई नेपाली भुवनलाल तामाङ र नारायणप्रसाद बस्याल रहेका छन् भने अन्यमा भारतीय र बंगलादेशी नागरिक रहेको कुवेतबाट प्रकाशित हुने अरब टाइम्समा समाचार छ ।
गतसाता मेथानोल दूषित पेय पदार्थबाट बनेको विषाक्त मदिरा सेवनका कारण २३ जनाको मृत्यु भएको छ ।
जसमध्ये १६ जना नेपाली रहेका छन् । विषाक्त मदिरा सेवन गरी अशक्त बनेका १६० जना बढी स्थानीय अस्पतालमा उपचाररत रहेका छन् ।
जसमध्ये ३६ जना नेपाली रहेका छन् ।