Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाल आदिवासी जनजाति महासंघ कुवेत शाखाको नेतृत्वमा बल बहादुर काम्बाङ

नेपाल आदिवासी जनजाति महासंघ कुवेत शाखाको नेतृत्वमा बल बहादुर काम्बाङ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १, २०८२ आइतवार • १९:२५:१६ बजे
  • 1.6K
    SHARES
  • नेपाल आदिवासी जनजाति महासंघ कुवेत शाखाको नेतृत्वमा बल बहादुर काम्बाङ

    कुवेत - नेपाल आदिवासी जनजाति महासंघ कुबेतको ३१औं विश्व आदिवासी दिवस तथा पाँचौ अधिवेशन १५ अगष्ट २०२५ शुक्रबारका दिन कुवेतको खैतानस्थित राजधानी प्यालेस होटलको सभाहलमा सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ कुवेत शाखाको नेतृत्वमा बल बहादुर काम्बाङ लिम्बु सर्वसम्मत निर्वाचित भएका छन ।

    images

    महासंघ कुबेतका अध्यक्ष अमृत तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली राजदूतावास कुवेतका काउन्सेलर सुजनी रानाको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा विशेष  अतिथिमा एनआरएनए एनसीसी कुवेतका अध्यक्ष दिल कुमार पाख्रिन, निवर्तमान अध्यक्ष रणध्वज लामा, पुर्व अध्यक्ष अर्जुन तामांग, महासंघको संस्थापक संरक्षक-राजेन्द्र तामाङ, नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष एकराज मल्ल रहेका थिए भने अतिथीहरुमा विभिन्न राजनितीक दलका भातृ संगठनका प्रमुख एवं प्रतिनिधीहरू, पत्रकार,विभिन्न संघ संस्थाका पदाधिकारी एवं प्रतिनिधिहरू साथै समाजसेवी, वुद्धिजीवीहरू रहेका थिए।

    C384D9C0-C47E-4745-9840-CEC6486EC01E.jpeg

    तमू समाज कुबेतकी अध्यक्ष रन्जान गुरुङले संचालन गरेको कार्यक्रममा राष्ट्रिय गान पश्चात् प्रमुख अतिथि लगायतले संयुक्तरुप पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरिएको थिए। त्यसैगरी उपस्थित आगन्तुकहरुलाई संस्थाको महासचिव राजु गुरुङले मन्तव्यद्वारा स्वागत गरेका थिए।कार्यक्रममा प्रमुख अतिथि , विशेष अतिथि लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए। मन्तव्य दिने क्रम्ममा सबैको एउटै भनाइ थियो कुवेतको पछिल्लो दुःखद घटनामा विषादीयुक्त मदिरा सेवनबाट धेरै नेपाली दाजु भाईले ज्यान गुमाएको र यस दु:खद घटनामा मृतकहरुप्रती गहिरो समवेदना प्रकट गर्दै उपचाररत बिरामिहरूप्रति शिघ्र स्वास्थ्य लाभको कामना गर्दै यस्तो गलत कार्यबाट सबै जान सचेत रहा अनुरोध गरेका थिए।

    कुवेतलाई कर्मथलो बनाएर बसेका विभिन्न जातजाति संस्था नेपाल तामाङ घेदुङ कुवेत, नेपाल मगर संघ कुवेत, किरात राई यायोक्खा शाखा कुवेत, किरात याक्थुङ चुम्लुङ कुवेत, तमु प्ये ल्हु संघ कुवेत शाखा, सुनुवार सेवा समाज कुवेत, तमू समाज कुबेत, नेवा गुठी कुबेत माझी सेवा समाज कुवेत लगायतले आ-आफ्नो भेषभुषा र पहिचान झल्किने गीत, नृत्य, झाँकी र अन्य मनोरन्जात्मक प्रस्तुतिहरुको साथ ३१ औं विश्व आदिवासी दिवस भव्य रुपले मनाए ।अधिवेशनलाई सरल,सहज र निश्पक्ष तरिकाले सम्पन्न पार्न सुन बाहदुर तमाङको संयोजकत्वमा ३ जान निर्वाचन समिति गठन गरेको थियो। निर्वाचन समितिले आफ्नो जिम्मेवारी गहनताका साथ निर्वाह गर्दै,निर्वाचित नयाँ कार्यसमितिको नामावली महासंघ लाई बुझाएको थियो ।

     

    3A254C83-1BE7-4F96-A9A7-E947BF18AEC8.jpegBB25C708-6F10-4496-8245-9ADF0E779B06.jpeg5B1DA64E-6568-4251-AAA0-BB3B0E61AB38.jpeg9CE5B8C2-1218-4F52-97C2-26B6FD13D6D4.jpegF60DEE48-51D5-4A38-B2D6-B5B4E955B1AF.jpeg

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology