Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कडा रोगको उपचार सुविधा अब स्वास्थ्य बीमाबाट मात्र

कडा रोगको उपचार सुविधा अब स्वास्थ्य बीमाबाट मात्र

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ५, २०८२ बिहिवार • ०८:०८:२१ बजे
  • 667
    SHARES
  • कडा रोगको उपचार सुविधा अब स्वास्थ्य बीमाबाट मात्र

    सरकारले छरिएर रहेका सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमहरूलाई एकीकृत गर्दै आठ प्रकारका कडा रोगको उपचार सुविधा स्वास्थ्य बीमामार्फत मात्रै उपलब्ध गराउने निर्णय गरेको छ । 

    images


    स्वास्थ्य मन्त्री प्रदीप पौडेलले विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८२ (पहिलो संशोधन) स्वीकृत गरेसँगै यो नयाँ व्यवस्था लागु भएको हो ।


    अबदेखि नागरिकले मिर्गौला, मुटु, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमियाजस्ता कडा रोगको उपचारबापत पाउने सरकारी सुविधा स्वास्थ्य बीमा बोर्डमार्फत एकद्वार प्रणालीबाट प्राप्त गर्नेछन् । 


    के–के सुविधा   

    मिर्गौला रोगः हेमोडाइलाइसिस सेवा पूर्ण रूपमा निःशुल्क हुनेछ । मिर्गौला प्रत्यारोपणका लागि कुल ७ लाख ५० हजार रुपैयाँ (विपन्न सुविधा र बीमामार्फत थप एक लाखसहित) प्राप्त हुनेछ । साथै, प्रत्यारोपण गराएका बिरामीले मासिक ५ हजार जीवन निर्वाह भत्ता पनि पाउनेछन् ।

    आठ प्रकारका कडा रोगमा मुटु, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमियाजस्ता रोगहरूको उपचारका लागि बीमा र विपन्न सुविधासमेत गरी कुल ३ लाख बराबरको उपचार सेवा उपलब्ध हुनेछ ।

    मुटुको भल्भ सर्जरीः १५ वर्षमुनि र ७५ वर्षमाथिका नागरिकका लागि गंगालाल र मनमोहन अस्पतालमार्फत निःशुल्क अप्रेसनको व्यवस्था गरिएको छ । साथै बीमामार्फत थप २ लाख रुपैयाँ बराबरको सुविधा पनि प्राप्त हुनेछ ।

    यो एकीकृत सेवा लिनका लागि नागरिक अनिवार्य रूपमा स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएको हुनुपर्ने प्रावधान राखिएको छ । 

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology