Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अमेरिकामा पहिलो पटक मानिसको ‘मासु खाने’ परजीवीको सङ्क्रमण पुष्टि

अमेरिकामा पहिलो पटक मानिसको ‘मासु खाने’ परजीवीको सङ्क्रमण पुष्टि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १०, २०८२ मंगलवार • ०५:३७:१८ बजे
  • 613
    SHARES
  • अमेरिकामा पहिलो पटक मानिसको ‘मासु खाने’ परजीवीको सङ्क्रमण पुष्टि

    अमेरिकामा पहिलो पटक मानिसमा मासु खाने परजीवी (फ्लेस–इटिङ स्क्रुवर्म) सङ्क्रमण भएको पुष्टि भएको छ।

    images


    अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभाग (एचएचएस) का अनुसार न्यू वर्ल्ड स्क्रुवर्म (एनडब्लूएस) मियासिस नामक यो सङ्क्रमण एक बिरामीमा फेला परेको हो, जो हालै एल साल्भाडोरबाट अमेरिकामा फर्किएका थिए। यो केस गत अगस्त ४ मा पुष्टि भएको हो।


    यो रोग परजीवी फ्लाई लार्भा (म्यागोट्स) मार्फत सर्ने गर्छ, जसले जिउँदो मासु खाइदिन्छ। सामान्यतया यसले चौपायालाई असर गर्ने भए पनि मानिसमा पनि असर गर्न सक्ने बताइएको छ।


    अमेरिकी रोग नियन्त्रण तथा निवारण केन्द्र (सीडीसी) ले मेरील्यान्डको स्वास्थ्य विभागसँग मिलेर यसबारे अनुसन्धान सुरु गरेको छ। हालको अवस्थामा अमेरिकामा यसले सार्वजनिक स्वास्थ्यमा ठुलो खतरा पुर्‍याउने सम्भावना ‘अत्यन्तै कम’ रहेको बताइएको छ।


    यो परजीवी प्रायः दक्षिण अमेरिका र क्यारिबियन क्षेत्रमा पाइन्छ। यद्यपि पछिल्लो समय मध्य अमेरिकाका सबै देशमा (मेक्सिकोसहित) यसको सङ्क्रमण पुष्टि भइसकेको छ।

    सीडीसीका अनुसार मानिसमा खुला घाउ भएको खण्डमा सङ्क्रमण हुने सम्भावना बढी हुन्छ, विशेष गरी चौपायासँग सम्पर्कमा रहने वा प्रभावित क्षेत्र भ्रमण गर्नेहरू बढी जोखिममा पर्छन्।
    बीबीसी

  • सम्बन्धित विषय:

  • # सङ्क्रमण पुष्टि
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology