Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कुवेतमा फ्लाइओभर रोडबाट हाम फालेर एक नेपालीले गरे आत्महत्या

कुवेतमा फ्लाइओभर रोडबाट हाम फालेर एक नेपालीले गरे आत्महत्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १०, २०८२ मंगलवार • ०५:५५:३२ बजे
  • 1.8K
    SHARES
  • कुवेतमा फ्लाइओभर रोडबाट हाम फालेर एक नेपालीले गरे आत्महत्या

    कुवेत - कुवेतमा फ्लाइओभर रोडबाट हाम फालेर एक नेपालीले आत्महत्या गरेका छन ।

    images

    महाबुल्लास्थित २१० नम्बर फ्लाइओभर रोडबाट ३० नम्बर हाइवेमा हरी बहादुर गौतमले हाम फालेर आत्महत्या गरेका हुन । सुर्खेत स्थायी घर भएका ३३ वर्षीय मृतक हरी बहादुर गौतम वैदेशिक रोजगारीको लागि गत १७ अगस्तमा मात्र कुवेत आईपुगेका थिए ।

    प्रत्यक्षदर्शीहरूका अनुसार घटना सोमबार बिहान करिब ६:४५ बजे भएको हो । एक होटलमा ड्राइभरको रुपमा कुवेत आएका मृतकको उनका सहकर्मीहरूका अनुसार मानसिक अवस्था कमजोर भएको र कुवेत आएको दोस्रो दिनदेखि नै अस्वाभाविक व्यवहार देखिएको थियो ।

    कुवेतस्थित नेपाली दूतावासका अनुसार मृतकका परिवारलाई खबर गरिएको छ र कम्पनीसँग समन्वय गरेर शव नेपाल पठाउने प्रक्रिया सुरु गरिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology