Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चीनद्वारा नेपालमा छिटोभन्दा छिटो सामाजिक व्यवस्था र स्थिरता कायम हुने आशा व्यक्त

चीनद्वारा नेपालमा छिटोभन्दा छिटो सामाजिक व्यवस्था र स्थिरता कायम हुने आशा व्यक्त

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २६, २०८२ बिहिवार • ०६:२२:०३ बजे
  • 535
    SHARES
  • चीनद्वारा नेपालमा छिटोभन्दा छिटो सामाजिक व्यवस्था र स्थिरता कायम हुने आशा व्यक्त

    चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नेपालमा उत्पन्न राजनीतिक अस्थिरता र आन्दोलनप्रति चीनको धारणा सार्वजनिक गरेका छन्। 

    images


    बुधबार आयोजित एक पत्रकार सम्मेलनमा हालै नेपालमा भएको प्रदर्शन र अशान्तिले प्रधानमन्त्रीले राजीनामा दिनुपरेको अवस्थाबारे प्रश्न सोधिएको थियो । 

    यसबारे बोल्दै उनले नेपालका सबै पक्षले आफ्ना आन्तरिक समस्याहरूलाई उचित रूपमा सम्बोधन गरी छिट्टै सामाजिक व्यवस्था र राष्ट्रिय स्थिरता कायम गर्ने आशा व्यक्त गरे।

    प्रवक्ता लिनले चीन र नेपाल परम्परागत रूपमा मित्रवत् छिमेकी राष्ट्र भएको बताए। उनले नेपालमा रहेका चिनियाँ नागरिकहरूलाई पनि सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेका छन्।

     

  • सम्बन्धित विषय:

  • # चीनद्वारा नेपालमा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology