Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाल मगर संघ क्षेत्रीय समिती सललाह ओमनको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा दिपक सिंजाली मगर

नेपाल मगर संघ क्षेत्रीय समिती सललाह ओमनको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा दिपक सिंजाली मगर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २७, २०८२ शुक्रवार • १९:२१:१२ बजे
  • 3.0K
    SHARES
  • नेपाल मगर संघ क्षेत्रीय समिती सललाह ओमनको  चौथो अधिवेशन सम्पन्न,  अध्यक्षमा दिपक सिंजाली मगर

     ओमान नेपाल मगर संघ क्षेत्रीय समिती सललाह ओमनको चौथो अधिबेशन १२ सेप्टेम्बर २०२५ मा सम्पन्न भएको छ ।

    images

    क्षेत्रीय समिती सललाहको चौथो अधिबेशन बाट दिपक सिंजाली मगरको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।  सललाह स्थित म्युजिक हलमा निवर्तमान अध्यक्ष जीवन थापा मगरको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपाल मगर संघ ओमानको केन्द्रिय संरक्षक यामु थापा मगर रहेका थिए ।

    IMG-20250912-WA0039.jpg

    अतिथिहरुमा एन आर एन ए सललाह क्षेत्रीय सम्योजक दिपक तामाङ्ग, सह सम्योजक डिभी रानाभाट , तमु समाज सललाह ओमानकि देबि तमुस्यो, माउन्टेन एभरेस्टका संचालक सुक बहादुर थामी, बिन धोनी रेस्टुरेन्टका संचालक छबिलाल भण्डारी ,हाम्दान रेमिटेन्सका सुदिप केसि, अल जद्दित रेमिटेन्सका विशाल पाण्डे, prince टेलर मनुदास, महिला समुहकि लक्ष्मी श्रेष्ठ , डिएक्सनका नाथुराम धामी, सहयोगी प्रकाश लम्साल,तथा कृयाशिल विभिन्न संघ- सस्थाका प्रमुख तथा प्रतिनिधि , पत्रकार , समाजसेवी, कलाकारहरुको उपस्थित रहेको थियो ।

    रोशन सारु मगरको संचालनमा सम्पन्न कार्यक्रममा मीन लामिछाने मगरले स्वागत मन्तव्य राखेका थिए । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि यामु थापाले नयाँ समितीलाई गोपनियताको सपथ खुवादै, प्रवासमा रहेर पनि कार्यव्यस्तताको बाबजुद पनि सामाजिक कार्यमा सकृय रहेको भन्दै प्रशंसा गरेका थिए ।  

    मगर संघ ओमानको चौथो महाधिवेशनबाट निर्वाचित २०२५–२०२७ का लागि कार्यसमितिमा संरक्षक जीवन थापा मगर, वरिष्ठ उपाध्यक्ष चन्द्रवती उचै मगर, उपाध्यक्ष मीन लामिछाने मगर,महासचिव कुशुम झेडी मगर,सचिब मिना राना मगर,सह सचिब देब राई मगर,कोषाध्यक्ष रोसनी पुन मगर,सह कोषाध्यक्ष विष्णु गाहा मगर, महिला संयोजक लक्ष्मी राना मगर,खेलकुद संयोजक बल बहादुर पाइजा मगर,सह खेलकुद संयोजक रोशन सारु मगर,साँस्कृतिक संयोजक आकाश गाहा मगर, सह सांस्कृतिक संयोजक तारा राना मगर, वरिष्ठ सल्लाहकार मिलान खपाङ्गी मगर,सल्लाहकारहरु केशर सिंह आले मगर,रोशन आले मगर, रण बहादुर मगर,हिरा बाह्रघरे मगर,सानू राना मगर, सदस्यहरु श्याम थापा मगर,टंक थापा मगर,विकास थापा मगर,नेत्र थापा मगर लगायत रहेका छ्न ।

  • सम्बन्धित विषय:

  • # दिपक सिंजाली मगर
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology