Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सुत्केरी महिलामाथि बलात्कार, एक जना पक्राउ

सुत्केरी महिलामाथि बलात्कार, एक जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ३०, २०८२ सोमवार • ०५:०१:१८ बजे
  • 532
    SHARES
  • सुत्केरी महिलामाथि बलात्कार, एक जना पक्राउ

     मकवानपुरको राक्सिराङ गाउँपालिकामा दुई महिनाकी सुत्केरी महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार राक्सिराङ-१ का ४१ वर्षीय अन्तरे थिङलाई प्रहरीले पक्राउ गरेको हो।

    images


    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले पीडित महिलाको बयानका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिए। पीडित महिलाका अनुसार, अभियुक्तले उनका श्रीमान्लाई खाबोमा बाँधेर बलात्कार गरेका थिए।

    इलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी चैनपुरबाट खटिएको संयुक्त टोलीले आइतबार साँझ थिङलाई पक्राउ गरेको हो। पीडित महिलालाई हाल हेटौँडास्थित हिंसा पीडित महिलाका लागि रहेको सुरक्षित आवास गृहमा राखिएको छ।

  • सम्बन्धित विषय:

  • # एक जना पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology