Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बाढीपीडितहरूलाई झापाली समाज कुवेतबाट एक लाख ७१ हजार रुपैयाँ बराबरको राहत सामाग्री हस्तान्तरण

बाढीपीडितहरूलाई झापाली समाज कुवेतबाट एक लाख ७१ हजार रुपैयाँ बराबरको राहत सामाग्री हस्तान्तरण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २४, २०८२ शुक्रवार • १६:५३:२२ बजे
  • 1.9K
    SHARES
  • बाढीपीडितहरूलाई झापाली समाज कुवेतबाट एक लाख ७१ हजार रुपैयाँ बराबरको राहत सामाग्री हस्तान्तरण

    कुवेत - झापाली समाज कुवेतले बाढीपीडितहरूलाई एक लाख ७१ हजार रुपैयाँ बराबरको राहत सामाग्री सहयोग गरेको छ । 

    images

    अविरल वर्षापछि आएको बाढीले प्रभावित झापा जिल्लाका परिवारहरूलाई सहयोगस्वरूप उक्त राहत सामग्री हस्तान्तरण गरिएको हो । “एकका लागि एक” अभियान अन्तर्गत समाजले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी पूर्ण रूपमा प्रभावित ५५ घरपरिवारलाई राहत सामग्री वितरण गरेको हो।

    प्रत्येक परिवारलाई २५ केजी चामल, २ केजी नुन, २ केजी दाल, १ लिटर तेल, ५ केजी आलु, २ थान ब्ल्याङ्केट र २ थान म्याट्रेस उपलब्ध गराइएको छ। यी सामग्रीको मूल्य करिब एक लाख ७१ हजार रुपैयाँ बराबर रहेको समाजका अध्यक्ष लीला पाण्डेले जानकारी दिए।

    त्यसका साथै, समाजका अध्यक्ष पाण्डे, युवा संयोजक सागरजंग क्षेत्री, आजीवन सदस्य धर्मानन्द अधिकारी र सन्तकुमार अधिकारी, साथै पूर्व सल्लाहकार शिवकुमार लिम्बूलगायतले सो रकम “एकका लागि एक” अभियानका संयोजक महेन्द्रकुमार गिरीलाई हस्तान्तरण गरेका हुन्।

    अध्यक्ष पाण्डेका अनुसार, वैदेशिक रोजगारीको क्रममा कुवेतमा रहेर पनि आफ्ना दाजुभाइ–दिदीबहिनीहरूको कठिनाइका बेला सहयोग पुर्‍याउन पाउनु समाजका लागि गर्वको कुरा हो । उनले भने, “हाम्रो सानो सहयोगले पनि बाढीले विस्थापित भएका झापाली परिवारहरूलाई राहत र खुशी मिलोस् भन्ने हाम्रो भावना हो।”

    पाण्डेले सहयोगी सम्पूर्ण सदस्य, पदाधिकारी तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि समाजले मानवीय सेवाका यस्ता अभियान निरन्तर अघि बढाउने प्रतिबद्धता जनाए।

  • सम्बन्धित विषय:

  • # नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology