कुवेत - गैर आवासीय नेपाली सघ राष्ट्रिय समन्वय परिषद् कुवेत (बद्री केसी पक्ष) र भिभा क्लिनिकको सहकार्यमा एकदिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
मङ्गाफस्थित भिभा क्लिनिकमा अक्टोबर १०, २०२५ (शुक्रबार) का दिन बिहान ७ बजेदेखि ३ बजेसम्म सञ्चालन शिविरमा सहभागी नेपाली नागरिकलाई निःशुल्क स्वास्थ्य परामर्श , आधारभूत स्वास्थ्य परीक्षण, दाँत परीक्षण र आँखाको परीक्षण लगायत सामान्य औषधी समेत वितरण गरिएको थियो ।
कुवेतमा कार्यरत रहेका नेपाली श्रमिकहरु हजारौको सङ्ख्यामा स्वास्थ्य परिक्षणका लागि बिहानै देखी उपस्थित भएका थिए । आयोजक पक्षबाट व्यवस्थापन गर्न समेत कठिन भएको थियो । आयोजकले शिविरमा एकैपटक अत्यधिक भिड भएकाले ईसीजी सेवा प्रदान गर्न असमर्थ साथै व्यवस्थापनमा कठिनाइ भएको प्रति क्षमायाचना गरेको छ ।
उक्त शिविरबाट १५ सय भन्दाबढी लाभान्वित भएको आयोजकले जनाएको छ । आयोजक पक्षबाट 'फुल बडी चेकअप' प्रचारप्रसार गरिए अनुरुपको स्वास्थ्य परिक्षण नगरिएको भनी सहभागीहरुले असन्तुष्टी पोखेका थिए । कतिपय स्वास्थ्य परिक्षण नगरी लाइनमा बसेर मात्र फर्किएका थिए । स्वास्थ्य परिक्षणका लागि अपेक्षाभन्दा बढी श्रमिकको उपस्थित भएकाले व्यवस्थापन गर्न कठिन भएकाले सहभागीहरुको असन्तुष्टि स्वीकार गर्दै आगामी दिनमा अझ राम्रो तयारी गर्ने आयोजकले बताएको छ ।