कुवेत - नेपाल कुवेत सरोकार समाजको पाँचौं अधिवेशन यही अक्टोबर ३१ तारिख शुक्रबारका दिन हुने भएको छ ।
कुवेतको फायर स्टेशन रोड, हेजेन कब्द घर नम्बर १२००, ब्लक नं. ४ मा दिनको ११ बजेदेखि कार्यक्रम हुने आयोजकले जनाएको छ । स्थापनाकालदेखि नै समाजले विभिन्न सामाजिक, मानवीय कार्य र राष्ट्रिय कलाकारहरूको साथमा सांस्कृतिक कार्यक्रमहरू गर्दै आएको छ ।
समाजले कुवेतमा रहेका सबै नेपाली संघ संस्था, सामाजिक अभियन्ता, कलाकार र सरोकारवाला नेपालीहरूलाई अधिवेशनमा उपस्थित भई कार्यक्रमलाई सफल पार्न अनुरोध गरेको छ।