Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कुवेतमा युवा शक्तिको अधिवेशन १४ नोभेम्बरमा हुदैँ

कुवेतमा युवा शक्तिको अधिवेशन १४ नोभेम्बरमा हुदैँ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ४, २०८२ सोमवार • १९:१०:०० बजे
  • 1.6K
    SHARES
  • कुवेतमा युवा शक्तिको अधिवेशन १४ नोभेम्बरमा  हुदैँ

    कुवेत - कुवेतमा युवा शक्तिको अधिवेशन हुने भएको छ । कुवेतस्थित शेफ सिक्नेचर रेस्टुरेन्ट फर्वानियाको सभा हलमा आगामी १४ नोभेम्बर  शुक्रवार दिनको ११ बजेदेखि अधिवेशन हुने आयोजकले बताएको छ । 

    images

    कुवेतको नेपाली समाजमा 'सके राम्रो गरौँ नसके नराम्रो नगरौं ' भन्ने नाराको साथ गठन भएको युवा शक्ति कुवेतले प्रवासमा कार्यरत नेपाली युवाहरूको प्रतिनिधित्व गर्ने उदेश्यले अधिवेशन हुन लागेको बताएको छ । प्रवासी नेपाली युवाहरूको नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र एकताको सन्देश प्रवाह गर्ने आयोजकले जनाएको छ । 

    युवा शक्ति कुवेतले रक्तदान जस्तो पुण्यको कार्य पनि गरिसकेको छ। अब हुने अधिवेशनबाट संगठनात्मक कार्यशैलीलाई थप सुदृढ गर्दै भावी योजनाहरूलाई स्पष्ट दिशा तर्फ  लैजाने बताएको छ । अधिवेशनमा नयाँ कार्यसमिति चयन, संगठनात्मक प्रतिवेदन प्रस्तुत, सांस्कृतिक कार्यक्रम, तथा युवासम्बन्धी विभिन्न विषयमा छलफल हुने साथै विविध सांस्कृतिक प्रस्तुतिहरू  समेत  रहने आयोजकले बताएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology