Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १०, २०८२ आइतवार • ०५:५४:५५ बजे
  • 1.7K
    SHARES
  • गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

     गुल्मी जिल्लाको मदाने गाउँपालिका–१ कचुरखर्कमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

    images

    मदाने गाउँपालिका–१ अग्लुङ फेदीबाट बालुवा लोड गरी वडा कार्यालयतर्फ आउँदै गरेको रा१त ३५०२ नम्बरको ट्याक्टर शनिबार राति दुर्घटनामा परेको हो ।


    दुर्घटनामा ट्याक्टरका सहचालक मदाने–१ निवासी १९ वर्षीय मेघराज पुनको मृत्यु भएको छ । उनी सडकबाट ५०० मिटर तल खसेका थिए । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

    उकालो बाटोमा लोड तान्न नसकी ट्याक्टर ब्याक भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।


    ट्याक्टर चालक मदाने–१ का २२ वर्षीय निमन चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    दुर्घटनाको जानकारी पाएपछि अस्थायी प्रहरी पोष्ट बाँझकटेरीबाट प्रहरी सहायक निरीक्षक छन्द्रविक्रम आचार्यको कमाण्डमा टोली खटिएको थियो ।

    प्रहरीले शवलाई आवश्यक प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाउने तयारी गरेको बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # सहचालकको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology