Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

यात्री समाज कुवेतको देउसी - भैलोबाट संकलित दक्षिणा समाजसेवामा

यात्री समाज कुवेतको देउसी - भैलोबाट संकलित दक्षिणा समाजसेवामा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १४, २०८२ बिहिवार • १९:४१:३४ बजे
  • 3.4K
    SHARES
  • यात्री समाज कुवेतको देउसी - भैलोबाट संकलित दक्षिणा समाजसेवामा

    कुवेत - यात्री समाज कुवेतले देउसी - भैलोबाट संकलित दक्षिणा दुई विद्यालय र सडक बालबालिकाको सहयोगमा संलग्न संस्थालाई सहयोग गर्ने भएको छ । 

    images

    प्रवासमा कार्यव्यस्तताको बाबजुद पनि तिहारको अवसरमा समाजले नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण गर्दै गीत-संगीत, रीतिरिवाज र भेषभूषासँगै उल्लासपूर्ण वातावरणमा देउसी-भैलो खेलेको थियो।

    अक्टोबर २१, २२ र २३ गते तीन दिनसम्म नेपाली व्यवसायीक स्थल र समाजसेवीहरूको निवासमा पुगेर देउसी–भैलो प्रस्तुत गरिएको थियो । नेपाली समुदायको उत्साहपूर्ण सहभागिताले माहोल झन् जीवन्त बनेको थियो।

    कार्यक्रमबाट जम्मा १०१६ केडी दक्षिणा संकलन भएको छ, जसमा ७५० केडी संस्था कोषमा सुरक्षित राखिएको छ। सो रकममध्ये करिब ६० प्रतिशत रकम समाजसेवामा प्रयोग गरिने योजना रहेको जनाएको छ । म्याग्दी र दाङका दुई विद्यालयलाई सहयोग गर्ने र सडक बालबालिकाको सहयोगमा संलग्न संस्थाहरूसँग हातेमालो गर्ने तयारी समाजले गरेको छ।

    महासचिव सुमित पोखरेलका अनुसार, “यो केवल चाडपर्वको उत्सव होइन, परदेशमा बसेर पनि आफ्नो संस्कृतिको रक्षा गर्ने हाम्रो प्रयास हो। देउसीको गीत र भैलोको तालमा हामीले माया, एकता र सहयोगको सन्देश बाँडेका छौं।”

    कुवेत जस्तो टाढाको भूमिमा पनि नेपाली संस्कृतिको उज्यालो यसरी फैलिनु सानो कुरा होइन। देउसी–भैलोले सबै नेपालीलाई एकसाथ जोड्यो, मनले नजिक ल्यायो र सम्झायो जहाँ गए पनि हामी नेपाली हौं, हाम्रो संस्कृतिले नै हामीलाई चिनाउँछ।

  • सम्बन्धित विषय:

  • # नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology