Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एनआरएनए एनसीसी कुवेतको आन्तरिक क्षमता अभिवृद्धि तालिम सफलतापूर्वक सम्पन्न

एनआरएनए एनसीसी कुवेतको आन्तरिक क्षमता अभिवृद्धि तालिम सफलतापूर्वक सम्पन्न

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २९, २०८२ शुक्रवार • १८:५७:१४ बजे
  • 1.2K
    SHARES
  • एनआरएनए एनसीसी कुवेतको आन्तरिक क्षमता अभिवृद्धि तालिम सफलतापूर्वक सम्पन्न

    गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कुवेतले आफ्नै संगठनका सदस्यहरूको दक्षता र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यसहित आयोजना गरेको आन्तरिक क्षमता अभिवृद्धि तालिम हिजो सफलतापूर्वक सम्पन्न भयो।

    images

    तालिम अध्यक्ष विकास सिंह ठकुरीको अध्यक्षतामा सञ्चालन गरिएको थियो। कार्यक्रममा एनआरएनए एनसीसी कुवेतका २० जना सदस्य सहभागी भएका थिए। तालिम संस्थाको दीर्घकालीन सुदृढता, कार्यक्षेत्रको स्पष्टता, र आन्तरिक सहकार्यलाई प्रभावकारी बनाउन लक्षित थियो।

    सत्रका दौरान सहभागीहरूलाई संस्थाको विधान, पदाधिकारीहरूको काम–कर्तव्य र अधिकार, निर्णय प्रक्रिया, कार्यशैली तथा संगठनको औपचारिक सञ्चालनबारे विस्तृत जानकारी प्रदान गरियो।

    तालिम श्रव्य–दृश्य (Audio–Visual) प्रस्तुतीकरणमार्फत सञ्चालन भएको थियो, जसले सामग्री बुझ्न सजिलो बनायो र सहभागीहरूको सक्रियता बढायो। भिडियो, प्रस्तुती र व्यवहारिक उदाहरणहरूको प्रयोगले तालिमलाई अझ प्रभावकारी बनाएको थियो।

    तालिमका प्रशिक्षक तथा प्रवक्ता दिपेन्द्र निरौलाले सहभागी उन्मुख शैलीमा सत्र प्रस्तुत गर्दै व्यावहारिक सीप र संस्थागत अनुशासनबारे स्पष्ट दृष्टिकोण राख्न सहयोग पुर्‍याउनुभयो। सहभागीहरूले तालिमले आफ्नो जिम्मेवारी, भूमिकाको प्रभावकारीता र संगठनप्रतिको समझलाई अझ प्रस्ट बनाएको प्रतिक्रिया दिए।

    कार्यक्रम चाउकिङ रेस्टुरेन्ट, ओल्ड सूकमा सम्पन्न भएको थियो। एनआरएनए एनसीसी कुवेतले भविष्यमा पनि यस्ता आन्तरिक क्षमता विकासका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

  • सम्बन्धित विषय:

  • # नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology