कुवेत- युवा शक्ति कुवेतको प्रथम अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट नेतृत्वमा विशाल डल्लाकोटी सर्वसम्मत निर्वाचित भएका छन ।
त्यसैगरी महिला उपाध्यक्षमा रुबी महर्जन, उपाध्यक्ष मदन चापाँगाई, सचिव नरेन्द्र दोङ, सह–सचिव मेनु गौतम, कोषाध्यक्ष रञ्जित पञ्जियार, सह–कोषाध्यक्ष सुश्मा नेपाल भण्डारी, प्रवक्ता वासुदेव धमला, युवा संयोजक अर्जुन दूकुरी, नवराज बी.के., करन राई, सोमलाल तामाङ, महिला संयोजक, माया लामा, विष्णु विश्वकर्मा, सदस्यहरू राम प्रसाद भट्टराई, विकास खत्री, कृष्ण खड्का, प्रेम मगराती, दिपक शाही, सुरज थापा, कृष्ण चौधरी, नविन रोक्का, बुहुमान तामाङ, आकाश विश्वकर्मा, सन्तोष परदेशी र विक्रम बोहोरा निर्वाचित भएका छन ।

फर्वानियास्थित सिग्नेचर रेष्टुरेण्टको सभाहलमा १४ नोभेम्बर २०२५ शुक्रवारको दिन "सकिन्छ राम्रो गरौँ, सकिँदैन नराम्रो नगरौँ” भन्ने मूल नारासहित युवा शक्ति कुवेतको प्रथम अधिवेशन संयोजक महेश लामाको सभापतित्व र नेपाली दूतावास कुवेतका द्वितीय सचिव शिव बानियाँको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । साथै विभिन्न भातृ–संगठनका प्रतिनिधि, मिडियाकर्मी तथा संघ–संस्थाका प्रतिनिधिहरू लगायतको आतिथ्यता रहेको थियो भने आयोजकका अनुसार कुवेतका नेपाली संघ–संस्थाहरूको उपस्थिति भने अपेक्षाकृत भन्दा कम देखिएको थियो ।
हरी बानियाँको संचालन रहेको कार्यक्रममा स्वागत मन्तव्य युवा शक्ति कुवेतका सचिव मदन चापागाईले राखेका थिए । सल्लाहकार विजय खत्रीले युवा शक्ति कुवेतको पृष्ठभूमि, उद्देश्य तथा भावी योजनाबारे विस्तृत जानकारी प्रस्तुत गरेका थिए । विभिन्न संघ–संस्था तथा भातृ–संगठनका प्रमुखहरूले शुभकामना व्यक्त गर्दै आवश्यक सुझावहरू पनि दिएका थिए। प्रमुख अतिथि शिव बानियाँले विदेशमा रहेका युवाहरूको ऐक्यबद्धता, नेतृत्व क्षमता र सकारात्मक गतिविधिले प्रवासी समुदायलाई सबल बनाउने उल्लेख गरेका थिए । कार्यक्रम ११ बजे सुरु हुने भनिए पनि करिब दुई घण्टा पछि सुरु गरिएको थियो ।