Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

यात्री समाज कुवेतको अधिवेशन ९ डिसेम्बरमा हुने

यात्री समाज कुवेतको अधिवेशन ९ डिसेम्बरमा हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ७, २०८२ शनिवार • १८:०३:४३ बजे
  • 1.5K
    SHARES
  • यात्री समाज कुवेतको अधिवेशन ९ डिसेम्बरमा हुने

    कुवेत – यात्री समाज कुवेतको पहिलो अधिवेशन आगामी ९ डिसेम्बर २०२५ मा हुने भएको छ । 

    images

    खैतानस्थित राजधानी रेस्टुरेन्टको सभा हलमा पहिलो अधिवेशन हुने भएको हो । अधिवेशनमा समाजले प्रवासमा गरिरहेका सामाजिक गतिविधिहरू, देउसी भैलोबाट संकलित रकममार्फत स्वदेशमा पुगेको सहयोग र पछिल्लो समय नयाँ युवाहरूको सक्रिय सहभागिताबारे विस्तृत चर्चा गर्ने जनाएको छ । 

    संस्थाका पदाधिकारीका अनुसार 'प्रवासमै बसेर पनि आफ्नो संस्कृति जोगाउने र स्वदेशका सामुदायिक काममा हातेमालो गर्ने अभियानलाई यस अधिवेशनले अझ व्यवस्थित बनाउने लक्ष्य छ' । समाजले हरेक वर्ष देउसी भैलो कार्यक्रम गर्दै आएको छ । यस वर्ष पनि देउसी भैलो प्रभावकारी बनेको छ । सोही कार्यक्रमबाट संकलित सहयोग कसरी उपयोग भएको छ भन्ने प्रतिवेदन पनि अधिवेशनमा सार्वजनिक गरिने तयारी रहेको जनाएको छ । 

    आगामी योजनासहित संगठनको संरचनालाई थप सुदृढ बनाउने विषयमाथि समेत अधिवेशनले निर्णय गर्नेछ । आयोजक समितिले सबै सदस्य, समर्थक र शुभेच्छुकलाई तोकिएको मिति र समयमा उपस्थित भएर अधिवेशनलाई सफल बनाउन आग्रह गरेको छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology