Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

यात्री समाज कुवेतको अधिवेशन सम्पन्न, नेतृत्वमा राजु धमला

यात्री समाज कुवेतको अधिवेशन सम्पन्न, नेतृत्वमा राजु धमला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २६, २०८२ बिहिवार • ०८:५६:०९ बजे
  • 2.0K
    SHARES
  • यात्री समाज कुवेतको अधिवेशन सम्पन्न, नेतृत्वमा राजु धमला

     कुवेत – यात्री समाज कुवेतको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा राजु धमला सर्वसम्मत निर्वाचित भएका छन ।

    images

    “सेवा हाम्रो पहिचान,समाज हाम्रो जिम्वेवारी” भन्ने नाराका साथ कुवेतमा गठन भएको यात्री समाजको ०९ डिसेम्बर मंगलबारका दिन खैतानस्थित राजधानी होटलको सभाहलमा प्रथम अधिवेशन सम्पन्न भएको हो ।

    त्यस्तै अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा किरण बराइली, उपाध्यक्ष टिकाराम उप्रेती, उपाध्यक्ष भरत मणि घर्ती मगर, उपाध्यक्ष सन्तोषी राई, महासचिव सुमित पोखरेल, उप महासचिव ऐसा गौतम, सचिव मन बहादुर क्षेत्री, उप सचिव प्रविन विश्वकर्मा, कोषाध्यक्ष सन्दिप मिजार, सहकोषाध्यक्ष लक्ष्मी जि सी, युवा संयोजक प्रकाश सेन, सह संयोजक शमशेर आले मगर, महिला संयोजक रिया क्षेत्री, महिला सह संयोजक लीला भण्डारी निर्वाचित भएका छन । त्यसैगरी सदस्यहरुमा सीताराम भट्टराई, अनिज परियार, किरण राई, सागर सिंह स्याङतान, त्रिलोचन पौडेल, सुनिता लामा, प्रतिक्षा गुरुङ र मधु सुदन क्षेत्री रहेका छन ।

    राजु धमलाको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत घनश्याम लम्सालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा एनआरएनए एनसीसी कुवेतका अध्यक्ष द्वय दिल कुमार पाख्रिन, बिकास बहादुर सिह, नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष एकराज मल्ल, आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष धन बहादुर लिम्बु लगायतको विशेष आतिथ्यता रहेको थियो भने नेपाली राजनितीक दलका वैदेशिक भातृ संगठनका प्रमुख एवं प्रतिनिधीहरू, पत्रकार, विभिन्न संघ संस्थाका पदाधिकारी एवं प्रतिनिधि साथै समाजसेवी, वुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।

    महासचिव सुमित पोखरेलले संचालन गरेको कार्यक्रममा राष्ट्रिय गान पश्चात सभाध्यक्ष, प्रमुख अतिथि विशिष्ट अतिथि लगायतले पानसमा दीप प्रज्वलनगरी कार्यक्रमको उद्घाटन गरिएको थियो । समाजको वरिष्ठ उपाध्यक्ष किरण बराइलीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रममा प्रमुख अतिथि विशिष्ट अतिथि लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा अल मुजैनी Muzaini Exchange कुवेतले मुख्य प्रायोजन गरेको थियो । अधिवेशन समारोहलाई थप आकर्षक बनाउन समाजका कलाकारहरुले सांगीतिक प्रस्तुती राखेका थिए ।  

  • सम्बन्धित विषय:

  • # तृत्वमा राजु धमला
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology