Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाली साझा मंच द्वारा सम्मान सहित कदर पत्र प्रदान

नेपाली साझा मंच द्वारा सम्मान सहित कदर पत्र प्रदान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २५, २०७७ आइतवार • १२:४८:३४ बजे
  • 2.9K
    SHARES
  • नेपाली साझा मंच द्वारा सम्मान सहित  कदर पत्र प्रदान
    अन्जान गुभाजु / दम्माम साउदी -नेपाली साझा मंचले  साउदीमा अरेबियामा  रहेका  मिडीया र सामाजिक संघसंस्थाहरुलाई  सम्मान सहित कदर पत्र प्रदान गरेको छ। 

    बिश्व भर फैलिएको कोभिड १९को महामारीको अवस्थामा  साउदी अरेबियामा मिडीया  र सामाजिक  संघसंस्थाहरु पुर्याएको योगदान  र महत्वपूर्ण भूमिका निर्वाह गर्दै  मानवीय सहयोग गरेको अवस्थालाई मध्यनजर गदै  साउदी अरेबिया रहेको सामाजिक संस्था नेपाली साझा मंचले सम्मान सहित कदर पत्र  हस्तान्तरण गरेको छ । 

    नेपाली साझा मंच समन्वय समिति साउदी अरेबियाका अनुसार कोभिड १९ को असर  र बिभिन्न कारणले अलपत्र परेका नेपालीलाई   साउदीमा रहेका मिडीया र सामाजिक संघसंस्थाले पुर्याएको योगदानको उच्च  मुल्यांकन गदै संस्थागत रूपमा  अहिलेको अवस्थालाई मध्यनजर गर्दै सामाजिक  सम्मान सहित  कदर पत्र प्रदान  गरिएको जानकारी गराएको छ

    भने संस्थाका  संयोजक  बिष्णु घिमिरेका अनुसार यो महामारीमा  सुरू  भए लगतै संस्थागत रूपमा  कोरोना भाइरसको असरबाट पिडीत बनेका नेपालीलाई   सहयोगार्थ हेतुले  कोरोना  पिडीत समिती गठन गरेको र  साउदीमा रहेका हरेक व्यक्ति,  समुदाय ,  मिडीया, एन आर एन, सामाजिक संघसंस्था, भातृसंगठन लगायत सम्पुर्णको सहकार्यमा   हरेक क्षेत्रबाट   सकेको सहयोग गदै आईरहेको र आगामी दिनहरुमा पनि यस्तै सहयोग गदै  जाने  र   साउदीमा  रहेका बिभिन्न संघ  संस्थाहरू संग  हरेक कार्यमा सहकार्य  गरि सहयोग गर्ने जानकारी  दिनुको साथै  कोरोना भाइरसलाई मध्यनजर गदै मिडीया र संघ संस्थाले पुर्याएको  योगदानको  सम्मान गदै संस्थामा  आवद्ध  सबै  सदस्य, पदाधिकारीहरूलाई  धन्यवाद  व्यक्त  गरेका छन । 


    संस्थागत रूपमा एन आर एन परिवार , अन्तर संस्था समन्वय समिति साउदी अरेबिया ( आवद्ध सम्पुर्ण संस्थाहरू ),अन्तर संस्था समन्वय समिति रियाद (आवद्ध सम्पुर्ण  संस्थाहरू) साथै मिडीया पिटी अनलाईन परिवार, एन ए मिडीया परिवार ,सैलुङ अनलाईन परिवार ,न्यु अनलाइन खवर परिवार ,लाल इन्टरटेनमेन्ट परिवार ,न्यु अनलाईन खवर परिवार ,मयुरपाटी अनलाईन परिवार , अन टाईम टी भी परिवार लगायत  संस्थाका पदाधिकारीहरुलाई समेत सम्मान सहित कदर पत्र प्रदान गरेको छ  । 


    देशको लागि त केही गरौ भन्ने चाहना र उद्देश्यका साथ यस संस्थाको स्थापना सामाजीक संजाल मार्फत २०७२ सालमा गरिएको हो ।जाति धर्म,वर्ण,क्षेत्र,सामाजीक,साँस्कृतिक, आर्थिक, राजनैतिक,र लैगिंक विभेद रहित यस संस्थाले देश विदेशमा रहेका सबै नेपालीहरुलाई स्वागत गर्दछ। प्रत्येक नेपालीहरु यसमा आवद्द हुन सक्ने अधिकार रहेको छ भने   नेपाल राष्ट र नेपाली जनताप्रति  समर्पित रहने नेपालीहरुको यो साझा संस्था हो ।


    संस्थाको उद्देय:
    १-राष्ट्र र जनताको हितमा कार्य गर्ने
    २- सामुहिक नेतृत्वको विकास गर्ने
    ३-विभेद रहित समाज निर्माण गर्ने
    ४- नागरीक दायित्व,कर्तव्य रअधिकारका वारेमा जन जागृति ,अभियान संचालन गर्ने
    ५-राष्ट्रिय एकतालाई मजबुत र राष्ट्रकोअखण्डतालाई अछुण्ण कायम गर्ने
    ६-सामाजीक धार्मीकर क्षेत्रिय सदभाव,जातीय सहिष्णुता र राष्ट्रिय प्रेम कायम र थपवृद्दि गर्ने
    ७-देश विदेशमा रहेका नेपालीहरुलाई गोलवन्द गर्ने
    ८-असाय,गरीव,निमुखार पिडीतहरुको उद्दार र सहयोग गर्ने
    ९-देश विदेशमा रहेका नेपालीहरुको हकहितमा कार्य गर्ने 
    १०_ सबैको  विचार र भावनाको कदर गदै  संस्थाको हकहितको लागी निर्णय गरि कार्य गर्ने आदी रहेका छन।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology