Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

नेपाली राजदूतावास कुवेतको आयोजनामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

नेपाली राजदूतावास कुवेतको आयोजनामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २७, २०८२ शुक्रवार • १८:३५:१६ बजे
  • 1.5K
    SHARES
  • नेपाली राजदूतावास कुवेतको आयोजनामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    कुवेत - नेपाली राजदूतावास कुवेत तथा मेट्रो मेडिकल ग्रुपको संयुक्त सहकार्यमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

    images

    साल्मियास्थित Bouvardia MMC Medical Center परिसरमा १२ डिसेम्बर २०२५ शुक्रवारको दिन सम्पन्न शिविरमा करिब २०० जना नेपालीहरु लाभान्वित भएका थिए । शिविरमा निःशुल्क रूपमा ब्लड सुगर, कोलेस्ट्रोल, रक्तचाप, आँखा तथा श्रवणशक्तिको परिक्षणसँगै चिकित्सकसँग निःशुल्क परामर्शको व्यवस्था पनि गरिएको थियो ।

    8DAF6759-DCDD-4E2E-B03C-6E4E9DAB25A7.jpeg

    कुवेतका लागि नेपाली राजदूत महामहिम घनश्याम लम्सालले उक्त शिविरमा सहभागी तथा सहयोगी सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै उपस्थित सबैलाई स्वस्थ जीवनशैली अपनाउन तथा स्वास्थ्यलाई प्राथमिकतामा राख्न आग्रह गर्नु भएको थियो । त्यस्तै निकट भविष्यमा स्वास्थ्य कार्यक्रम अन्य स्थानहरूमा सञ्चालन पनि गरिने जानकारी दिनु भएको छ ।

    B8F75177-07CC-4D34-AC1B-2FA044B2F16D.jpeg

    उक्त शिविर सपन्न गर्न गैर आवासीय नेपाली संघ कुवेत, नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेत लगायतले स्वयंसेवकको भूमिका निर्वाह गरेका थिए भने हिमालयन हाउस रेष्टुरेण्टले उपस्थित सबैलाई चिया नास्ताको व्यवस्था गरेको थियो । यसअघि पनि नेपाली दूतावास कुवेतको पहलमा मेट्रो मेडिकल ग्रुपको सहयोगमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ३५० भन्दाबढी नेपालीहरु लाभान्वित भएका थिए ।

    683172C9-9958-4905-8F7C-A29CB21A5F6B.jpeg

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology