कुवेत - किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन आगामी १३ फेब्रुअरी २०२६ मा हुने भएको छ ।
खैतानस्थित राजधानी होटलको सभाहलमा हुने उक्त अधिवेशन समारोहमा केन्द्रीय अध्यक्ष जीवन हाताचो राईको विशेष आतिथ्यता रहने अध्यक्ष उमेश राईले जानकारी दिनएका छन ।
“भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण, किरात राईहरूको साझा अभियान” भन्ने नारासहित आयोजना हुने उक्त अधिवेशन कुवेतमा रहेका सम्पूर्ण नेपाली समुदाय तथा विभिन्न संघ–संस्थालाई कार्यक्रममा सहभागी भई सहकार्य गर्न आयोजकले अनुरोध गरेको छ ।