Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बाग्लुङ सेवा समाज कुवेत भलिबल कपमा १० टिम सहभागी हुने, प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

बाग्लुङ सेवा समाज कुवेत भलिबल कपमा १० टिम सहभागी हुने, प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ५, २०८२ शनिवार • ०६:३३:०० बजे
  • 3.8K
    SHARES
  • बाग्लुङ सेवा समाज कुवेत भलिबल कपमा १० टिम सहभागी हुने, प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

    कुवेत - बाग्लुङ सेवा समाज कुवेतको आयोजनामा २६ डिसेम्बर २०२५ शुक्रवारको दिन फाहहिलस्थित शुकसभाको खेलकुद मैदानमा हुने भलिवल कप प्रतियोगितामा दश टिम सहभागी हुने भएका छन ।

    images

    उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष दिपकले नेपालीले जानकारी दिएका छन ।

    परदेशमा कार्यव्यस्तताको बाबजुद पनि खेलकुदलाई निरन्तरता र प्रतिभावान खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गर्न लागेको अन्तर-नेपाली खुला पुरुष भलिबल प्रतियोगितामा दश वटा टिमको सहभागीता हुने भएको हो ।

    उक्त प्रतियोगितामा लुम्बिनी समाज कुवेत, तनहुँ सेवा समाज कुवेत, युनिभर्सल , मगर संघ शाखा कुवेत, कल्याणकारी नेपाली युवा समाज कुवेत, नवलपुर, एन एफ सी , नेपाल स्टार र आयोजक सेतो र निलो सहित दश टिमको प्रतिस्पर्धा हुनेछ ।

    प्रतियोगितामा विजेता टिमले मेडल र नगद सहित २११ कुवेती दिनार हात पर्ने छ भने उपविजेता टिमले मेडल र नगद १११ कुवेती दिनार तथा उत्कृष्ट हुने टिमलाइ ३१ कुवेती दिनारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

    समाजले अङ्रेजी नयाँ वर्ष २०२६  को अवसरमा शुभकामना आदानप्रदान सहित आयोजना गर्न लागिएको खुल्ला भलिबल प्रतियोगितामा कुवेतस्थित कृयाशिल नेपाली संघ सस्था, पत्रकार, खेलाडी लगायत सम्पूर्ण खेलप्रमी दर्शकहरुलाई उपस्थित भई खेलाडीलाई हौसला प्रदान गर्न अनुरोध गरेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology