कुवेत – युवा शक्ति कुवेतले साल्मियाको ब्लक १० गार्डेन क्षेत्रमा दोस्रो चरणको सरसफाई अभियान सफलतापूर्वक सम्पन्न गरेको छ । अभियानमा संस्थाका पदाधिकारी, सदस्यहरू साथै कुवेती, इजिप्टियन , भारतीय तथा अन्य समुदायको पनि सहभागिता रहेको थियो ।
संस्थाले यसअघि रक्तदान कार्यक्रम र पहिलो चरणको समुद्री तट (सी–साइट) सरसफाई कार्यक्रम सम्पन्न गरिसकेको छ । यस पटक भने सार्वजनिक पार्क सरसफाई अभियान संचालन गरिएको थियो। बिहान ७ बजे देखि १० सम्म सरसफाई कार्यक्रम चलेको थियो।
युवा शक्ति कुवेतका अध्यक्ष विशाल डल्लाकोटीले स्थानीय प्रशासनबाट स्वीकृति लिएर सरसफाई अभियान सचालन गरिरहेको बताएका छन । उनले भने “समुदाय सजग भए मात्र स्वच्छ वातावरण सम्भव हुन्छ । सार्वजनिक पार्क, समुद्री किनारा तथा भीडभाड हुने क्षेत्रको सरसफाई जिम्मेवारी हामी सबैको हो। यो अभियान निरन्तर चलाइनेछ। यसका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताए।