Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

तमू समाज कुवेतको १०औं वृहत् रक्तदान कार्यक्रम २७ मार्चमा

तमू समाज कुवेतको १०औं वृहत् रक्तदान कार्यक्रम २७ मार्चमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १३, २०८२ सोमवार • ००:२१:४० बजे
  • 1.3K
    SHARES
  • तमू समाज कुवेतको १०औं वृहत् रक्तदान कार्यक्रम २७ मार्चमा

    कुवेत - तमू समाज कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम आगामी मार्च २७, २०२६ मा जाब्रियास्थित सेन्ट्रल ब्लड बैंकमा हुने भएको छ । 

    images

    समाजले हरेक वर्ष सामूहिक खुल्ला रक्तदान कार्यक्रम संचालन गर्दै आएको छ ।  यो १० औं पटक बृहत रक्तदान कार्यक्रम संचालन गर्न लागेको हो । समाजले उपचारमा रगत आवश्यकता परेका धेरै बिरामीलाई रगत उपलब्ध गराउन सहयोग गर्दै आएको छ। 

    मानवीय सेवाको उत्कृष्ट उदाहरणका रूपमा लिइने रक्तदान जस्तो पुण्य कार्यमा सहभागी भई अमूल्य रक्तदान गर्न स्वतः स्फूर्त सहभागिताका लागि  कुवेतमा  क्रियाशील नेपाली संघ सस्था लगायत सम्पूर्ण नेपाली समुदाय तथा शुभेच्छुक दाजुभाइ तथा दिदीबहिनीहरूलाई अनुरोध गरेको छ ।

    रक्तदानले दुर्घटना, शल्यक्रिया तथा गम्भीर रोगबाट पीडित बिरामीहरूको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्दछ । निस्वार्थ र स्वेच्छिक रूपमा गरिने यो कार्यलाई सबै भन्दा महान् मानवीय सेवा मानिन्छ । एउटा व्यक्तिले दिएको रगतले धेरै व्यक्तिको जीवन जोगाउन सक्ने भएकाले रक्तदानको महत्व अत्यन्तै उच्च रहेको छ ।

    यसैबीच, २७ मार्च २०२६, शुक्रबारका दिन रक्तदान जस्तो पवित्र तथा मानवीय कार्यक्रम आयोजना भइरहेकाले कुवेतमा स्थापित तथा क्रियाशील विभिन्न संघ–संस्थाहरूलाई आफ्ना कार्यक्रमहरू नजुधाई सहयोग गरिदिन पनि आयोजकले आग्रह गरेको छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology