कुवेत - किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन आगामी १३ फेब्रुअरी २०२६ मा हुने भएको छ ।
किरातीहरूको “भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण – किरात राईहरूको साझा अभियान” भन्ने मूल नाराका साथ सन् २०१४ देखि कुवेतमा सकृय रूपमा क्रियाशील किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन खैतानस्थित राजधानी प्यालेस होटलमा सम्पन्न हुनेछ ।
कार्यक्रममा किरात राई यायोक्खा नेपालका केन्द्रीय अध्यक्ष जिवन हाताचो राईको विशेष उपस्थिति रहने छ । साथै मध्यपूर्व वैदेशिक शाखाका अध्यक्षहरूको समेत सहभागिता रहने आयोजकले जनाएको छ ।
कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन विभिन्न सांस्कृतिक झाँकी तथा प्रस्तुतीहरू समेत प्रस्तुत गरिने जनाउँदै आयोजकले सम्पूर्ण कुवेतवासी नेपालीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिन अनुरोध गरेको छ।