Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

क्यान्सर पीडित लिम्बुको उपचारका लागि झापाली समाज कुवेतद्वारा आर्थिक सहयोग

क्यान्सर पीडित लिम्बुको उपचारका लागि झापाली समाज कुवेतद्वारा आर्थिक सहयोग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २८, २०८२ मंगलवार • १८:२६:५४ बजे
  • 2.1K
    SHARES
  • क्यान्सर पीडित लिम्बुको उपचारका लागि झापाली समाज कुवेतद्वारा आर्थिक सहयोग

    झापा - क्यान्सर रोगबाट पीडित प्रेम कुमारी लिम्बुको उपचारका लागि झापाली समाज कुवेतले रु. ३०,००० आर्थिक सहयोग प्रदान गरेको छ । 

    images

    हल्दिबारी गाउँपालिका-४ निवासी लिम्बु हाल बि.पि. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा उपचार गराइरहेकी छिन ।  तर उनका परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या भइरहेको छ ।received_1288256110031079.jpeg

    हल्दिबारी गाउँपालिका वडा कार्यालयले लिम्बुको उपचारका लागि सहयोगको अपील गर्दै सिफारिस पत्र जारी गरेको थियो । उक्त सहयोग कार्यक्रमको सञ्चालन स्थानीय समाजसेवी युवा अनिल चौहानले गरेका थिए । कार्यक्रममा झापाली समाज कुवेतका प्रतिनिधिहरू सन्तकुमार अधिकारी, धर्मनन्द अधिकारी, छविमाया पौडेल र समाजका कोषाध्यक्ष गोविन्द कार्की र सहकोषाध्यक्ष मनिष भट्टराईको उपस्थित रहेको थिए ।

    received_1681816016531526.jpeg

    गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देन, उपाध्यक्ष लक्ष्मी देवी मैनाली र वडा न ४ का अध्यक्ष सन्त कुमार थापा लगायत स्थानीय संचारकर्मी देबिका अधिकारीको रोहवरमा उक्त रकम हस्तान्तरण गरिएको थियो । आर्थिक सहयोगले पीडित परिवारलाई हौसला र उपचारमा सकारात्मक योगदान पुर्याउने विश्वास  गरिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology