Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

किरात राई यायोक्खा कुवेतको अध्यक्षमा मोहन छिरिङ राई निर्विरोध

किरात राई यायोक्खा कुवेतको अध्यक्षमा मोहन छिरिङ राई निर्विरोध

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २, २०८२ शनिवार • १७:२०:०३ बजे
  • 1.4K
    SHARES
  • किरात राई यायोक्खा कुवेतको अध्यक्षमा मोहन छिरिङ राई निर्विरोध

    कुवेत - किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी रेष्टुरेन्टमा सम्पन्न भएको छ । उक्त अधिवेशनमा मोहन छिरिङ राई अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । 

    images

    1771057543899.jpg

    त्यस्तै नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्ष मोहन कुमार राई, उपाध्यक्षहरु कमला बान्तावा राई, सबिन दुमी राई, भुमिराज राई, युबराज चाम्लिङ  राई, राजन चाम्लिङ राई, महासचिव प्रकास थुलुङ राई, उप-महासचिव नबिन वलिङ राई, सचिव अमृता थुलुङ राई, सह-सचिवहरु अमृत दुमी राई, अरुन चाम्लिङ राई, सुरज खिम्बुले राई, कोषाध्यक्ष अशोक चाम्लिङ राई, सह-कोषाध्यक्ष सुमित्रा चाम्लिङ राई सर्वसम्मत निर्वाचित भएका छन ।

    त्यसैगरी सस्थामा युवा संयोजक, महिला संयोजक, खेलकुद बिभाग र सांस्कृतिक विभाग समिती समेत गठन गरेको छ । प्रवक्तामा यदुराज राई रहेका छन । सस्थाको 
     सस्थापक संरक्षकमा अमित चाम्लिङ राई, संरक्षकमा मन्जित चाम्लिङ राई, उमेश बान्तावा राई, प्रमुख सल्लाहकारमा शुधिर बान्तावा राई, वरिष्ठ सल्लाहकारमा रोशन राई, माया चाम्लिङ राई, सल्लाहाकारमा नैनाकला चाम्लिङ राई, कबिता कोयु राई, भुपेन्द्र राई, टेक राज चाम्लिङ ( मुलबासी ), गणेश  कुमार र महेन्द्र चाम्लिङ राई रहेका छन । 

    1770979162122.jpg

    कार्यक्रममा उमेश राईको सभापतित्व तथा नेपाली दूतावास कुवेतका द्वितीय सचिव शिव बानियाँको प्रमुख आतिथ्यता एवम् किरात राई यायोक्खा नेपालका केन्द्रीय अध्यक्ष जिवन हाताचो राईको विशिष्ट आतिथ्यता रहेको थियो । त्यस्तै एनआरएनए कुवेत, नेपाल पत्रकार महासंघ कुवेत, नेपाल आदिवासी जनजाती महासंघ कुवेत, नेपाली राजनीति दलका वैदेशिक भातृ संगठनको विशेष आतिथ्यता रहेको थियो ।कुवेतका विभिन्न नेपाली संघ-संस्थाका प्रतिनिधिहरू, समाजसेवी, बुद्धिजीवी, पत्रकार र कलाकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा सांस्कृतिक झाँकी र विभिन्न सांस्कृतिक प्रस्तुतिले उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरेको थियो ।

    कुवेतको नेपाली समाजमा "भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण – किरात राईहरूको साझा अभियान" भन्ने मूल नारासहित स्थापित भएको सस्थाले आफ्नो पहिचान, एकता, सहयोग र सांस्कृतिक संरक्षण गर्दै आएको छ । नयाँ नेतृत्वले कुवेतमा रहेका किरातीहरुलाई एकताबद्ध गर्ने र नेपाली संघ सस्थाहरु संग हातेमालो गर्दै अगाडी बढ्ने प्रतिबद्धता जनाएको छ । साथै नयाँ कार्यसमितिले कुवेतमा रहेका नेपाली समुदायमा एकता, सामाजिक, नेपाली सांस्कृतिक र धार्मिक पहिचानको संरक्षणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology