Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कुवेत तथा खाडीमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन पत्रकार महासंघको आग्रह

कुवेत तथा खाडीमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन पत्रकार महासंघको आग्रह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १६, २०८२ शनिवार • १८:०८:३८ बजे
  • 1.3K
    SHARES
  • कुवेत तथा खाडीमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन पत्रकार महासंघको आग्रह

    कुवेत - इरान, संयुक्त राज्य अमेरिका र इजरायलबीच बढ्दो तनाव तथा क्षेत्रीय अस्थिरताका घटनाक्रमलाई मध्यनजर गर्दै नेपाल पत्रकार महासंघ, वैदेशिक शाखा–कुवेतले कुवेतसहित खाडी तथा मध्यपूर्वका विभिन्न देशमा बसोबास गरिरहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

    images

    महासंघले शनिवार जारी गरेको विज्ञप्तिमा पछिल्लो परिस्थितिले मध्यपूर्व क्षेत्रमा बसोबास गरिरहेका नेपाली समुदायमा चिन्ता थपिएको उल्लेख गर्दै सुरक्षा सतर्कता अपनाउन अनुरोध गरिएको छ। विज्ञप्तिमा कुवेतस्थित नेपाली राजदूतावास तथा सम्बन्धित देशका स्थानीय सुरक्षा निकायहरूले जारी गरेका निर्देशनहरू पूर्ण रूपमा पालना गर्न आग्रह गरिएको छ।

    महासंघले सकेसम्म घरभित्रै सुरक्षित रहन, अत्यावश्यक बाहेक अनावश्यक यात्रा नगर्न र आफ्नो कार्यस्थल तथा बसोबास क्षेत्र नजिकको सुरक्षित आश्रयस्थल (सेफ सेल्टर) को जानकारी राख्न सुझाव दिएको छ। साथै, अफवाह, अपुष्ट समाचार तथा सामाजिक सञ्जालमा फैलिएका भ्रामक सूचनाबाट सचेत रहन र आधिकारिक स्रोत तथा दूतावासबाट प्राप्त जानकारीमात्रै विश्वास गर्न अनुरोध गरिएको छ।

    आपतकालीन अवस्था परेमा सम्बन्धित देशका आपतकालीन सेवा निकाय तथा नेपाली दूतावाससँग तत्काल सम्पर्क गर्न पनि महासंघले आग्रह गरेको छ। साथै आफ्ना परिवारजनसँग नियमित सम्पर्कमा रही आफ्नो अवस्थाबारे जानकारी गराइरहन पनि अपिल गरिएको छ।

    नेपाल पत्रकार महासंघ, वैदेशिक शाखा–कुवेतले सम्पूर्ण नेपाली समुदायलाई धैर्य, संयम र एकता कायम राख्दै सुरक्षा सतर्कता अपनाउन विशेष आग्रह गरेको छ। “हामी सबैको सुरक्षा र सकुशलता नै पहिलो प्राथमिकता हो,” विज्ञप्तिमा उल्लेख गरिएको छ।

    महासंघका अध्यक्ष एकराज मल्ल र सचिव आङ्गकाजी शेर्पाले हस्ताक्षर गरेको उक्त विज्ञप्तिमा सबै नेपाली समुदाय सुरक्षित रहून् भन्ने कामना व्यक्त गरिएको छ।

    1772293188019.jpg

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology