Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

कुवेत र इराकमा रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह

कुवेत र इराकमा रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १६, २०८२ शनिवार • १८:४४:२४ बजे
  • 1.8K
    SHARES
  • कुवेत र इराकमा रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह

    कुवेत - कुवेतस्थित नेपाली दूतावासले कुवेत र इराकमा रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । मध्यपूर्वमा भइरहेको बढ्दो तनाव र घटनाक्रमको बीचमा, दूतावासले नेपाली नागरिकलाई सुरक्षित रहन र स्थानीय सुरक्षा निर्देशनहरू पालन गर्न आग्रह गरेको हो ।

    images

    इरान, संयुक्त राज्य अमेरिका र इजरायल बीचको तनावले क्षेत्रीय स्थिरतामा धक्का पुर्याइरहेको छ । नेपाली दूतावासले कुवेत र इराकका नेपालीहरूलाई चासोका साथ निगरानी गरिरहेको जनाएको छ । 

    दूतावासले नेपाली नागरिकलाई घरभित्र बस्न, अत्यावश्यक बाहेक यात्रा नगर्न र आफ्नो स्थानमा रहेका अन्य नेपालीसँग नियमित सम्पर्कमा रहनको लागि अनुरोध गरेको छ । कुवेतको हवाई क्षेत्र हाल बन्द रहेको हुँदा कुवेतबाट बाहिरिने र कुवेतमा यात्रा गर्न चाहने यात्रुहरूले वायु सेवा प्रदायकसँग सम्पर्क गरेर यात्रा स्थिति पक्का गर्नुपर्ने र स्थानीय समाचार र सरकारी निर्देशनहरूको बारेमा सधैं अपडेट रहनुपर्ने कुरा पनि दूतावासले बताएको छ।

    साथै राजदूतावाससँग सम्पर्क गर्नु परेमा Hotline/WhatsApp No. +९६५-६१००८९५६ तथा इमेल:eonkuwait@mofa.gov.np मा सम्पर्क गर्न अनुरोध गरेको छ ।

    1772283396202.jpg

  • सम्बन्धित विषय:

  • # प्रवास
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology