कुवेत, २०२६ - मध्यपूर्वमा विकसित विद्यमान विशेष परिस्थितिका कारण कुवेत र ईराकमा रहेका नेपाली नागरिकहरूले सुरक्षा र सतर्कता अपनाउन नेपाली राजदूतावासले विशेष अनुरोध गरेको छ । दूतावासले नागरिकहरूलाई सजग रहन, सामाजिक संजालमा फैलिएका अफवाहहरूसँग टाढै रहन र आपतकालीन अवस्थामा उचित कदम चाल्नका लागि निर्देशित गरेको छ ।
कुवेत र ईराकमा रहनु हुने नेपालीहरूले आधिकारिक निकायका समाचार र निर्देशनलाई पालना गर्नु साथै हालको हवाई परिस्थितीका कारण, कुवेतको हवाई क्षेत्र खुल्नासाथ मात्र नियमित उडानहरू पुनः सुरु हुनेछन्। यात्रामा निस्कनु अघि सम्बन्धित एयरलाइन्स र ट्राभल एजेन्सीसँग सम्पर्क गर्न आग्रह गरिएको छ ।
त्यसैगरी नागरिकहरूलाई कोठामा बस्न, भिडभाड हुने स्थानबाट टाढा रहन र साइरन बज्दा सुरक्षित स्थानमा जान अनुरोध गरिएको छ । त्यस्तै कुनै अपरिचित वस्तु नजिक नजान र सामाजिक सञ्जालमा कुनै पनि हवाई आक्रमणको फोटो वा भिडियो नखिच्न र साझा नगर्न पनि अनुरोध गरिएको छ । कुवेतमा रहेका नेपाली नागरिकलाई कन्सुलर सेवा वा अन्य सेवा आवश्यक परेमा दूतावास निरन्तर खुला रहने जनाएको छ । साथै, अन्य देशबाट ट्रान्जिट हुँदै कुवेतबाट यात्रा गर्ने क्रममा इमर्जेन्सी मेडिकलको आवश्यक परेमा तुरुन्त सम्पर्क गर्न पनि आग्रह गरेको छ ।
कुवेतमा रहेका नेपालीले आफ्नो परिवारसँग नियमित सम्पर्कमा रहन साथै कुनै समस्यामा परेमा राजदूतावाससँग सम्पर्कमा रहन र यस कठिन समयमा सबैलाई एकजुट भएर एकआपसमा सहयोग गर्न पनि अपील गरेको छ ।