Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कुवेतमा नेपाली नागरिकहरूको लागि दूतावासको महत्त्वपूर्ण सूचना

कुवेतमा नेपाली नागरिकहरूको लागि दूतावासको महत्त्वपूर्ण सूचना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २५, २०८२ सोमवार • १४:०६:२८ बजे
  • 2.6K
    SHARES
  • कुवेतमा नेपाली नागरिकहरूको लागि दूतावासको महत्त्वपूर्ण सूचना

    कुवेतस्थित नेपाली दूतावासले हाल मध्यपूर्वमा विकसित विशेष परिस्थितिलाई मध्यनजर गर्दै नेपाली नागरिकहरुलाई महत्वपूर्ण जानकारी दिएको छ । 

    images

    दूतावासले कुवेतका आधिकारिक निकाय द्वारा सम्प्रेषण हुने निर्देशन, समाचार, सूचनाको पालना गर्न र सामाजिक संजालमा अफवाह नफैलाउन साथै हवाई उडान बारे सूचनाका लागि सजग रहन आग्रह गरेको छ । कुवेतको हवाईक्षेत्र खुलेपछि मात्र नियमित उडान पुनः शुरु हुने भएकाले, यात्रुहरूले Directorate General of Civil Aviation को वेबसाइट हेर्न र आफ्नो वायुसेवा प्रदायकसँग सम्पर्क गर्न सुझाव दिइएको छ। 

    कुवेत सरकारले कुवेतमा रहेका भिजिट भिषावाहक सबैको भिषा एक महिनाको लागि थप गरेको छ । कुवेतबाहिर रहनुहुने कुवेतको Civil ID वाहकहरूको हकमा विगतको कम्पनीमा कामगर्नेहरूको हकमा ६ महिना र घरेलु कामदारहरूको हकमा ४ महिना भन्दा बढी कुवेत बाहिर बस्दा Civil ID रद्द हुने व्यवस्थालाई परिमार्जन गर्दै हालको अवस्थामा उल्लिखित अवधिमा ३ महिनाको अवधि थप गरेको छ । यसरी थप गरेको अवधि २०२६ फेब्रुअरी २८ देखि लागु भएको हो । यस वाहेक अन्य सबै भिषा वाहक (Civil ID expire, Visa cancellation/Article 1 र 14) हरूको हकमा आफ्नो भिषाको अवधि समाप्त हुनु अघि आफ्नो रोजगारदातासँग सम्पर्क गरी भिषाको अवधि नवीकरण गर्न आग्रह गरिएको छ ।

    नेपाली दूतावासको कन्सुलर सेवा आइतबारदेखि बिहीबारसम्म बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म खुला रहने जानकारी दिइएको छ । कुवेतमा रहनु भएका नेपाली दिदीबहिनी र दाजुभाइहरूलाई सुरक्षाका लागि सजग रहन र आवश्यक परेमा दूतावाससँग सम्पर्क गर्न आह्वान गरिएको छ । सम्पर्कका लागि नेपाली दूतावासको नम्बर +९६५-६१००८९५६ र हवाई उडानको लागि कुवेत एयरवेज र जजिरा एयरवेजमा सम्पर्क गर्न अनुरोध गरिएको छ । कुवेत एयरवेज १७१ (स्थानीय कल मात्र), ९६५-२४४३५५५५ ext १७१ (अन्तर्राष्ट्रिय कलहरू मात्र), WhatsApp +९६५-१८०२०५०

    जजिरा एयरवेज १७७ (स्थानीय कल मात्र), ९६५-२२०५४९४४

    4BBB8A4C-2AF1-49E4-9CF9-B1EAB811A51A.jpeg

  • सम्बन्धित विषय:

  • # प्रवास
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology